२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
जुम्लामा अनसन बसेका केसी भेरी अस्पताल नेपालगन्जमा भर्ना


कोहलपुर/ जुम्लामा ८ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई नेपालगन्जको भेरी अस्पतालमा भर्ना गरिएको छ । डा। केसीले माग पूरा नभएसम्म अनसन नटुंगिने अडान राख्नुभएको छ । जुम्लाबाट काठमाडौं जान लाग्नु भएका डा केसीले एक विज्ञप्ति जारी गरी जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर पनि अनसन जारी राख्ने बताउनुभएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा केसी त्यहाँबाट एअरपोर्टसम्म एम्वलेन्समा जानुभएको थियो । जुम्लाबाट डा केसी समिट विमानबाट आज नेपालगन्ज पुग्नुभएको छ ।राँझा विमानस्थलबाट डा. केसीलाई अहिले भेरी अस्पताल नेपालगन्जमा भर्ना गरिएको बाँकेका सिडिओ रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।

Nabintech