१२ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर नगरपालिकामा खटिक बाल बलिकाको गाँसमा पनि अनियमितता


कोहलपुर बाँके/ कोहलपुर नगरपालिका भित्र बिपन्न खटिक समुदायका बाल बालिकालाई बितरण गरिएको चामलमा समेत अनियमितता भएको पाईएको छ । बिशेष अनुदान अन्र्तगत मधेसी दलित लक्षित कार्यक्रममा १ सय ६५ जना बाल बालिकालाई चामल बितरण गर्दा ५ सय ३९ किलो चामल कम बितरण गरेर ४१ हजार ४ सय ९६ रुपैया अनियमितता गरिएको महालेख परिक्षण कार्यालयको प्रतिबेदनमा उल्लेख छ । प्रतिबेदनमा उक्त रकम असुल उपर गर्न महालेखाले कोहलपुर नगरपालिकालाई निर्देशन दिएको छ । साथै खटिक समुदायका बाल बालिकालाई पोशाक खरिद गरिएकोमा सो खरिद सार्वजनिक खरिद नियमावाली बिपरीत रहेको महालेखाले ठहर गरेको छ ।

हेर्नुहोस महालेखा परिक्षण कार्यालयको प्रतिबेदनमा उल्लेख गरेको विवरण

एक आर्थिक बर्षमा एक फर्म बाट ५ लाख भन्दा बढिको समान सिधै गरिद गर्न नपाईनेमा ९ लाख बरावरको पोशाक सिधै गरिद गरि बिल पेश गरिएको प्रतिबेदनमा उल्लेख छ । कोहलपुर नगर पालिककाका योजना शाखा प्रमुख अग्नी आचार्यले शिक्षा शाखाको लागतका आधारमा समाजिक बिकास समितीले सो चामल बितरण गरेका नयाँ कोर्सलाई जानकारी दिए । सामाजिक बिकास समिती सभापती नारायणी वलीसंग सो बारेमा बुझ्न फोन सम्पर्क गर्दा फोन उठेन ।
सामाजीक विकास समितिको मिलोमतोमा यस्तो अनियमितता भएको हुन सक्ने नगरपालिका स्रोतको दावि छ ।

Nabintech