४ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बैजनाथको एभरेष्ट सहकारीमा बेथिती

पैसा बुझेर पनि अध्यक्षले ४ बर्ष सम्म जग्गा नामसारी गरेनन्



कोहलपुर (बाँके)/ बैजनाथको एक सहकारीको अध्यक्षले सहकारीलाई जग्गा बिक्रि गरेको ४ बर्ष सम्म जग्गा नामसारी गरेका छैनन् ।
बैजनाथ गाउँपालिका वडा नं ५ मा रहेको एभरेष्ट कृषि सहकारी संस्थाका अध्यक्ष देब बहादुर केसीले आफुले २०७३ सालमा सहकारीलाई बिक्रि गरे वापत ३० लाख बुझीसकेका छन । तर, सो जग्गा हाल पनि उनको श्रीमतीको नाममा छ ।
सहकारीले रकम बुझाएर किनेको  पुर्व पश्चिम राजमार्गसंग जोडिएको २.५ कठा जग्गामा सहकारीले २ तले भवन निर्माण गरिसकेको भएपनि सो जग्गा अहिले पनि सहकारीका अध्यक्षको श्रीमतीको नाममा छ । अध्यक्ष केसीले सहकारीको भवन निर्माण भएको सो जग्गा आफ्नो श्रीमतीको नाममा रहेको नयाँ कोर्सलाई बताए ।
जग्गा खरिद वापत सहकारीले पैसा बुझाएको लामो समय पछि पनि अध्यक्षले जग्गा पास नगर्नु रहस्यमय भएको सहकारीका एक सदस्यले जानकारी दिए । केसी लामो समय देखी सो सहकारीको अध्यक्ष छन । एक सदस्यका अनुसार उनि २०६५ साल देखि सो सहकारीको अध्यक्ष रहदै आएका छन ।
अध्यक्ष केसीले केही प्राबिधीक समस्याका कारण आफुले जग्गा पास गर्न समस्या पैदा भएको नयाँकोर्स लाई बताए । केसी कृषि सहकारी संघका केन्द्रीय सदस्य पनि हुन ।

Nabintech