६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सिनेमा हल र सांस्कृतिक केन्द्रहरु बन्द गर्ने सरकारको घोषणा

२५ जना भन्दाबढी मानिस भेला हुन समेत रोक



विश्वभरी महामारीको रुप लिएको नोबेल कोरोना भाइरसको संक्रमणबाट जोखिमको न्यूनिकरणका लागि आवश्यक निर्णय गर्न बसेको उच्चस्तरीय समितिको बैठक सम्पन्न भएको
छ । बैठकले सिनेमा हल, सांस्कृतिक केन्द्रहरु लागतयका क्षेत्रहरु बन्द गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकमा कोरोना संक्रमणको जोखिम बिश्लेषण गर्दै सावधानीका विषयमा छलफल भएको थियो । उपप्रधान एवं रक्षामन्त्री इश्वर पोरखेल संयोजक रहेको समितिका सदस्यहरुहरुबीच छलफल भएको थियो ।

बैठकले सिनेमाहल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लव, म्युजियम, स्विमिङ्ग पुल, मनोरञ्जन स्थल आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरेको हो ।

यसको अनुगमन गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्नेछ । त्यस्तै २५ जनाभन्दाबढी मानिस भेला हुन समेत रोक लगाएको छ ।

Nabintech