१० असार २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर नगरपालिकामा निर्देशिका बिपरीत भत्ता वितरण

नियमित काम बापत पनि भत्ता लिने गरेको महालेखाको ठहर



कोहलपुर (बाँके)/ कोहपुर नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीले आफैले गनुपर्ने नियमीत काम गरे वापत पनि भत्ता लिने गरेको पाईएको छ । महालेख परिक्षकको बार्षिक प्रतिबेदन २०७७ मा उल्लेख भएअनुसार नगरपालिकाले गर्नै पर्ने बजार अनुगमन,योजना अनुगमन,पालिकाद्धारा सञ्चालित तालिम कार्यक्रम जस्ता कार्य गरेवापत समेत अनुगमन लगायतका भत्ता लिने गरेको भेटिएको छ ।


नयाँ कोर्सलाई प्राप्त ३३ पृष्ठ लामो महालेखाको प्रतिबेदन २०७७ को बुदा नं ५४.२४ मा आफुले गर्नुपर्ने कामहरु गरे वापत समेत भत्ता लिने गरेको पाईएको उल्लेख गरेको छ । प्रतिबेदनको सोही बुदामा नगर सभाबाट नेपाल सरकारको कार्य सञ्चालन निर्देशिका २०७५ बिपरीत आफुखुसी अधिक भत्ता निधारण गरेर लिने गरेको समेत पाईएको उल्लेख गरिएको छ । निर्देशिका बिपरीत बैठक भत्ता प्रति बैठक १ हजार , प्रवचन भत्ता प्रति प्रवचन/सेसन १५ सय , कार्यपत्र भत्ता ३ हजार, यातायत खर्च ५ सय , संयोजक भत्ता २ हजार देखी ३ हजार,सह सयंयोजक भत्ता ५ सय , मुचुल्का भत्ता प्रति मुचुल्का १ हजार, योजना अनुगमन भत्ता प्रति व्यक्ति १ हजार , बिषय बिशेषज्ञ परामर्स सेवा भत्ता प्रति सेसन ५ हजार सम्म लिने गरेको पाईएको प्रतिबेदनमा उल्लेख छ ।


सो वापत हाल सम्म कति रकम दुरुपयोग भएको हो भन्ने बिषयमा प्रतिबेदनमा उल्लेख नगरिएको भएपनि नेपाल सरकारको कार्यसञ्चालन दिर्नेशिका २०७५ बिपरीत अधिक भत्ता लिने गरेको पाईएको उल्लेख गरिएको छ ।
यस्तै प्रतिबेदनको ५४.४ मा वडा अध्यक्षहरुले समेत व्यापक मात्रमा भत्ता शिर्षकको रकम दुरुपयोग गरेको पाईएको उल्लेख गरेको छ । प्रतिबेदनमा वडामा एक महिामा ३ पटक बैठक बस्न सक्ने उल्लेख भएपनि प्रशासनिक निर्णय बाट हुने निर्णयहरु पनि एजेण्डा बनाएर बैठक बस्ने र भत्ता रकम लिने गरेको पाईएको उल्लेख गरेको छ ।
प्रतिबेदनमा भत्ता रकम अनियन्त्रीत खर्च भएको देखिएकाले मितव्यीता अपनाउन सुझाव दिईएको छ ।
कोहलपुर नगरपालिका गठन भए यता भत्ता शिर्षकमा कति रकम जन प्रतिनिधीले लगेको छन् बिषयमा कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृतसंग सूचना माग गर्दा उत्त सुचना दिन नमिलने बताए ।

Nabintech