४ कार्तिक २०७७, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
एसइई परीक्षामा बाँकेमा ८ हजार ५ सय ७३ प्रशिक्षार्थी सहभागी हुँदै

प्रशिक्षार्थी कोरोनाको संत्रासमा



 

भोलीबाट सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पुरा भइसकेको शिक्षा विकास तथा समन्वय ईकाइ बाँकेले जनाएकोछ ।
यसवर्षको एसईइ परीक्षामा बाँकेमा आठ हजार ५ सय ७३ जना परीक्षार्थी एसईई परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई बाँकेका रामसुरेश यादवले जानकारी
दिए ।

गतवर्षको तथ्यांक अनुसार बाँके जिल्लामा आठ हजार १ सय ७५ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए । यो वर्ष गतवर्षको तुलनामा ३ सय ९८ बढी विद्यार्थीले एसईई दिदैछन् ।

एसईइको पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ । जिल्लाभरका ३३ वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछन् । एसईई परीक्षा अन्र्तगत बाँकेमा प्राविधिकधारमा ५ विद्यालय, खुलामा ३ विद्यालय, सामुदायिक ८५ र सस्थागत ९१ गरि १ सय ७६ विद्यालयका विद्यार्थीले एसईईमा सहभागिता जनाउदैछन् ।

एसईईका लागि जिल्लाका ८ वटै स्थानीयतहमा आवश्यक सम्पूर्ण तयारी पुरा भइसकेको बताउँदै ईकाइका यादवले भने–विश्वब्यापी माहामारी बनेको कोरोना भाइरसको संक्रमबाट बच्न सवै परीक्षा केन्द्रमा स्वास्थ्य जाँचको व्यवस्था मिलाउन पालिका तहमा समन्वय गरिएको बताए ।
उनले भने परीक्षा केन्द्रमा आएका विद्यार्थीहरुको स्वास्थ्य जाँचका लागि हेल्थ डेस्क राख्न सवै पाकिा तहसंग समन्वय गरेकाछौं ।

शैक्षिक शत्रमा कम्तीमा ७५ प्रतिशत हाजिरी पुग्नुपर्ने व्यवस्था भएकाले सो हाजिरी नपुगेका कतिपय विद्यार्थी परीक्षामा सम्मिलित हुन नपाउने भएकाले सहभागी हुने भनिएका परीक्षार्थीको सङ्ख्या भने घट्न सक्नेछ । तर, जिल्ला भरका परीक्षाकेन्द्रमा कति विद्यार्थी अनुपस्थिती भए भन्ने कुराको विवरण भोली आर्थ बिहीबार बेलुका मात्र थाहा हुनेछ ।

Nabintech