१२ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर नगरपालिकाका विषयमा नेपाली काँग्रेसले छानविन थाल्ने


कोहलपुर (बाँके) / केही दिन यता जनप्रतिनिधी र कर्मचारीको मिलेमतोमा योजना अनुगमन तथा मुल्याङ्गका गरे वाफत बुझिलिएको भक्ता रकमका बारेमा नेपाली काग्रेस कोहलपुर नगर कार्यसमितीको आपतकालिन बैठक बसेको थियो । उक्त बैठकले नेपाली काँग्रेस कोहलपुर नगरले कोहलपुर नगरपालिका भित्र हालै सार्वजनिक भएको योजना अनुगमन तथा मूल्याङ्कनबाट कर्मचारी र जनप्रतिनिधिहरुले  भत्ता लिएको सम्बन्धमा सत्य तथ्य कुरा बाहिर ल्याउन छानबिन समिति गठनको माग गर्ने भएको छ ।
नेपाली काँग्रेस कोहलपुर नगर सभापति बलराम शर्माको अध्यक्षतामा बसेको भेलाले कोहलपुर नगरपालिका भित्र देखिएको नीतिगत भ्रष्टचारको बारेका आम जनताले थाहा पाउनका लागि छानबिन समिति गठन गर्न माग गर्ने निर्णय गरेको छ ।
सो भेलाले आईतबार कोहलपुर नगरपालिकालाई छानबिन समिति गठनका लागि ध्यानाकर्षण पत्र बुझाउने निर्णय समेत गरिएको नेपाली काँग्रेस कोहलपुरका नगर सभापति शर्माले जानकारी दिएका छन् ।
कोहलपुर नगरपालिकाले केहि दिन अघि जारी गरेको प्रेस विज्ञप्ती र पत्रकार सम्मेलनबाट यथार्थ कुरा बाहिर आउन नसकेको भन्दै निष्पक्ष छानबिनको लागि कोहलपुर नगरपालिकालाई दबाद दिनका लागि नेपाली काँग्रेस कोहलपुर नगर सचिब भूम बहादुर भण्डारीको नेतृत्वमा ध्यानाकर्ष पत्र बुझाउने निर्णय समेत भएको सभापति शर्माले बताएका छन् ।
योजना अनुगमन तथा मूल्याङ्क बापत भत्ता लिएका ७७ जना मध्ये काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुल यथार्थ र वास्तविकता सार्वजनिक गर्न नेपाली काँग्रेसका महाधिवेशन समिति सदस्य पूर्ण आचार्यले जानकारी दिएका छन् ।

Nabintech