१२ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
एक दर्जन बढी युवाहरु नेकपामा प्रवेश


कोहलपुर (बाँके)/ बाँकेको कोहलपुरमा एक दर्जंन बढी युवाहरु नेपाली काँग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् । कोहलपुर नगरपालिका वडा नं ५ मा आयोजीत एक कार्यक्रममा नेपाली काँग्रेस परित्याग गरी जनार्दन चौधरीको नेतृत्वमा एक दर्जन बढी युवाहरु नेकपामा प्रवेश गरेका हुन् ।
उनिहरुलाई नेकपाका केन्द्रिय सदस्य तथा संघिय साँसद महेश्वर गहतराज अथक र नेकपाका प्रदेश सदस्य तथा क्षेत्र नं १ का इन्चार्ज नरेन्द्र न्यौपानेले टिका माला लगाएर प्रवेश गराएको कोहलपुर नगर संगठन कमिटीका अध्यक्ष बसन्ति अधिकारीले नयाँ कोर्सलाई जानकारी दिइन् ।
नव प्रवेशिहरुलाई स्वागत गर्दै नेकपाका केन्द्रिय सदस्य तथा संघिय साँसद अथकले नेपाल र नेपालिको भविष्य नेकपाको काधमा भएकाले युवाहरुको खाँचो रहेको बताए । उनले संवृद्ध नेपाल बनाउने अभियानमा सवैले साथ दिनुपर्नेमा जोड दिए ।
नव प्रवेशि जनार्दन चौधरीले लामो समयदेखि नेपाली काँग्रेसमा रहेर काम गरेको बताउँदै नेपाली काँग्रेसले जनजिविका र अग्रगामी काम गर्न नसकेकाले नेकपामा प्रवेश गरेको बताए । नेकपा मात्र देश जनता र जनजिविकाको पक्षमा काम गर्ने जनताको पार्टी भएकाले आफुलगाएतका युवाहरु नेकपामा प्रवेश गरेको बताए ।
पार्टी प्रवेश कार्यक्रममा नेकपा प्रदेश नं ५ का सदस्य तथा बाँके क्षेत्र नं १ का इन्चार्ज नरेन्द्र न्यौपाने,प्रेम भुषाल,पुजन विश्वकर्मा, नेकपाका नेता तथा क्षेत्र नं १ का संयोजक सूर्य ढकाल लगाएतको सहभागिता रहेको थियो ।
वडा कमिटीका अध्यक्ष तिलक कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन देवि भुषालले गरेका थिए ।
नेकपाका नेता सुर्य ढकालले नेकपा जनताकाबीच लोक प्रिय रहेकाले जिल्लाभर पार्टी प्रवेश कार्यक्रमको लहर चलेको बताए ।

Nabintech