१२ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर नगरपालिका द्धारा खरिद नियमावली बिपरीत कोटेशनमा काम


कोहलपुर नगरपालिकाले सार्वजनिक खरिद नियमावली विपरित एक आर्थिक बर्षमा एउटै निर्माण कम्पनीलाई एक भन्दा बढि काम कोटेशन दिएको पाईएको छ ।
कोहलपुर नगरपालिकाले आर्थिक बर्ष ०७६/७७ को माघ देखि असार मसान्त सम्मको अवधीमा ४० ओटा काम कोटेशनमा बितरण गरेको थियो । कोटेशनमा दिने काम एक आर्थिक बर्षमा १ ओटा काम दिन पाईने भएपनि बिधी बिपरीत एक भन्दा बढि कामहरु नगरपालिकाले दिएको हो ।  कोहलपुर नगरपालिकाका लेखा अधिकृत सुदिप सुनारका अनुसार १ कम्पनी लाई एक भन्दा बढि कोटेशनको काम दिन नपाईने नयाँ कोर्सलाई बताए । उनले कोटेशनको रकम पनि भ्याट सहितको रकम ५ लाख भन्दा कम हुनु पर्ने उनको भनाई छ ।  ठेक्कामा दिइएका कामहरु लकडाउन भन्दै अलपत्र भइरहेको बेला बिभिन्न कामका लगि ४० वटा कोटेशन मार्फत काम दिईएको हो ।
नयाँकोर्स लाई प्राप्त सुचना अनुसार प्रसान्त निर्माण सेवा लाई प्रसान्त निर्माण सेवा लाई ३ ओटा कोटेशनको काम दिईएको छ । त्यसैगरी महारुद्र निर्माण सेवा लाई ३ ओटा काम दिईएको छ । बागेश्वरी ह्युम पाईप एण्ड बिधुत पोला इन्ड्रष्ट्रीच लाई २ ओटा काम दिईएको छ । त्यसै गरि प्रबिण निर्माण सेवाले २ ओटा , त्रिदेव निर्माण सेवाले २ वटा , जय भवानि निर्माण सेवाले २ , ईन्द्र देबी निर्माण सेवा , जय गणेश निर्माण सेवा , एम बि लिल्डर्स , ले २÷२ ओटा काम पाएका छन । त्यसैगरी पिस ईन्जीनियरीङ कन्सलटेनसी , कुष्ण बिल्डर्स र जेके बिलडर्स २/२ ओट काम पाएको छ ।  एउटा मात्र काम पाउनेमा हाईट निर्माण सेवा , ओशीयन निर्माणसेवा , शोभा लक्ष्मी निर्माण सेवा , हिमाल कन्ट्रक्सन , नाशा निर्माण सेवा , पि ए निर्माण सेवा , एम पि बिल्र्डस ,जन कल्याण कन्ट्रक्सन , ,एलिना निर्माण सेवा , नब किरण निर्माण सेवा , शिसु निर्माण सेवा र रिलाईट टेक्नो नेटवर्किङले १ ओटा काम दिईएको छ ।कोहलपुर नगरपालिका इन्जिनियर बालकृष्ण महतराका अनुसार एक भन्दा बढि योजना एउटै फर्मलाई दिएको बारे आफुलाई जानकारी नभएको बताए ।  नाम नबताउने सर्तमा एक निर्माण व्यावसायीका अनुसार निर्माण कम्पनीहरुलाई सेटिङमा काम दिईएको हो ।  ति निर्माण व्यावसयीका अनुसार सुचना निकालेर कोटेशन दिन सकिने भएपनि बिना सुचना एक निर्माण व्यवासायी लाई एक भन्दा बढि काम दिईएको दाबि छ ।

 

 

 

 

Nabintech