१२ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
अपारदर्शी कोहलपुर नगरपालिका


कोहलपुर नगरपालिकामा चरम अपारदर्शी तरिकाले चलिरहेको नेपाली काग्रेसका नेता एंव सुचना अभियन्त भुम भण्डारीले आरोप लगाएका छन् ।
बिहिबार आयोजित प्रत्रकार सम्मेलनमा बोल्दै भण्डारीले कोहलपुर नगरपालिका २०७५ साल देखि हाल सम्म २८ ओटा सुचना माग गरेकोमा २ ओटा मात्रै सुचना कोहलपुर नगरपालिकाले दिएको भन्दै उनले सुचना लुकाउनु चरम अपारदर्शीको नमुना भएको बताए ।नगरपालिकाले सुचना लुकाउनुका साथै आफैले दिएका सुचना लाई तथ्य भन्दा फरक तरीकाले व्याख्या गरेर जनतालाई भ्रमित पार्ने काम गरिरहेको भण्डारीको दाबि छ । उनका अनुसार कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छबिलाल नेपालीले दिएको सुचनामा आर्थिक बर्ष ०७६÷७७ को माघ देखि असार मसान्त सम्म बिभिन्न भत्ता शिर्षकमा डेढ करोढ रकम बितरण गरिएको छ । तर कोहलपुर नगरपालिकाले २०७६ असार ८ गते देखि कुनै भत्ता नलिने निर्णय गरिएको दाबी गरेको छ । भत्ता नलिने निर्णय गरेको दबी गर्नु तर प्रमुख प्रशासकिय अधिकृतले दिएको सुचनामा डेढ करोढ भत्ता देखीनुले जनतालाई भ्रम छर्ने मात्रै काम भएको भण्डारीको भनाई छ । भत्ता नलिने निर्णय गरेको १ बर्ष बढि भएको दाबि गरि रहदा पछिल्लो ६ महिनामा यति ठुलो रकम भत्ता वापत बितरण हुनुले नगरपालिका कति रहस्यमय र अपादर्शी तरिकाले चलि रहेको छ भन्ने प्रष्ट हुने भण्डारीको दाबी गरेका छन ।

Nabintech