४ कार्तिक २०७७, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बालमनोविज्ञानमा भ्रम नफैल्याऔं,  एसईईमा कोरोना त्रास


फलामे ढोकाको रुपमा रहेको एसईई परीक्षाको नेपालमा आफ्नै महत्व छ । तीनबर्ष अगाडिसम्म एसएलसीका नामबाट लिइने यो परीक्षाका वारेमा हरेक मानिसहरुका आफ्ना आफ्ना अप्ठयारा जटिलताका अनुभबहरु छन् । यो परीक्षासँग मानिसका दुःखसुख, पीडा र खुसीका अनुभुतिहरु साटिएका छन् ।

भौगोलिक अवस्था र त्यस्ले प्रभावपार्ने शैक्षिक स्तर र परीक्षा प्रणालीको प्रभाव पनि यो परीक्षामा प्रतिबिम्बित हुन्थ्यो र हुन्छ । आफुले अध्ययन गरेको विद्यालय छोडेर परीक्षा केन्द्र तोकिएको अर्को विद्यालयमा गएर विद्यार्थीहरुले परीक्षा दिदाँको अनुभुति केन्द्राध्यक्ष परीक्षा निरीक्षकहरुको सकारात्मक र नकारात्मक व्यवहार सुरक्षाकर्मीहरुको उपस्थितीसहित सन्चालन गरिने हिजोको यो परीक्षामा विद्यार्थीहरुको मानसिकतामा केही न केही असर पुरयाउथ्यो नै तर आज यो परीक्षा लिने पद्धति केही हदसम्म बदलिएको छ । बर्षेनी करिब ५ लाखको हाराहारीमा परीक्षार्थीहरु समावेश हुने यो परीक्षामा ति बिद्यार्थीहरुको मात्रै नभएर उनीहरुका परिवार र सिंगो शैक्षिक जगतको मनोविज्ञान जोडिएको हुन्छ । यो परीक्षाबाट आउने परिणामले विद्यार्थीहरुको मात्रै नभएर सिंगो देशको शैक्षिक भविष्य सहितको आवश्यक जनशक्तिको निर्धारण गरेको हुन्छ ।

यस पटकको एसईई परीक्षा भोलिदेखी सुरु हुँदैछ । यो परीक्षामा चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुँदैछन् । मानवस्रोतलाई विकासको मेरुदण्ड मान्ने हो भने यि विद्यार्थीहरु एसईईका परीक्षार्थीमात्रै होइनन् । यि वर्तमानका साझेदार र देशको भविष्यका कर्णधारहरु पनि हुन् । यो एसईई परीक्षाको परिणामबाट यि विद्यार्थीहरुको उच्च शिक्षाको छनोट पनि हुने गर्दछ । करिव पौने पाँचलाखको हाराहारीमा रहेका यी विद्यार्थीहरुको परीक्षाको सवाल उनीहरुको मात्रै होइन की उनीहरुका अभिभावकहरु उनीहरु पढेको विद्यालय देशको शैक्षिक जगत समेतको चिन्ता र चासोको बिषय हो । तर यतिवेला कोरोना प्रकोपका कारण यो परीक्षाको समय विगत बर्षहरुजस्तो अनुकुल छैन । तर अहिले प्रचार गरिएजस्तो कोरोना त्रासदीको बमभित्र नेपाल छैन । नेपालमा अहिलेसम्म एकजनामा पनि कोरोना संक्रमण पुष्टि नभएको अवस्थामा कोरोनाले नेपाल नै सकिए जस्तो गरेर प्रचार गर्नुका पछाडि केही अघोषित कारणहरु हुन सक्छन् । सरकारी नीति नियमलाई प्रभावित बनाउन पनि यस्ता प्रचारहरु गरिएका हुन सक्दछन् । हो, सचेतनता आवश्यक छ । कोरोना संक्रमणबाट बच्नका लागि यसका पुर्वरोकथामका तयारीहरु गर्न आवश्यक छ । सरकारले परीक्षा केन्द्रहरुमा आकस्मिक हेल्थ डेक्सहरुको व्यवस्था गरेको छ । तरपनि परीक्षा नै सार्नपर्ने यो समयमा एसईई परीक्षा सन्चालन गर्दा परीक्षार्थीहरुको स्वास्थ्य नै जोखिममा पर्ने जस्ता परीक्षार्थीहरुका मानसिकतामा असर पुग्ने खालका प्रचारहरु गरिएका छन् । यस्ता प्रचारहरुले केही क्षणको आत्मरती वा आत्मतुष्टि त मिल्ला तर हामीले यस्तो प्रचार गरिरहँदा परीक्षार्थीहरुको बालमष्तिस्कमा पर्ने प्रभावका वारेमा पनी सोच्न आवश्यक छ । र यसबाट देशको भाग्य र भविष्यमा पर्ने दुरगामी प्रभावका वारेमा पनी विश्लेषण गर्न आवश्यक छ । देश कोरोना संक्रमणको बमभित्र छैन त्यसैले यस्तो भ्रममा नपरीकन निर्धक्क भएर परीक्षा दिन र त्यसमा सफलता प्राप्त गर्नका लागि हाम्रो सवै विद्यार्थीहरुलाई शुभकामना छ ।

Nabintech