१० असार २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
जनप्रतिनिधी र कर्मचारीले भत्ता बुझेको स्वीकार गरे


कोहलपुर (बाँके)/केही दिन अगाडी देखी बाँकेको कोहलपुर नगरपालिकामा जनप्रतिनिधी र कर्मचारीहरुले मनोमानी रुपमा अनुगमन तथा मुल्याङकन भत्ता वापत बुझेको रकम मंगलबार पत्रकार सम्मेलन मार्फत  स्वीकार गरेका छन् ।
नयाँ कोर्सले यस विषयमा समाचार प्रकाशित गरेपछि कोहलपुर नगरपालिकाले पत्रकार सम्मेलन गरि जनप्रतिनिधी र कर्मचारीहरुले विभिन्न शिर्षकमा १ करोड ५० लाख ५ सय ६३ रुपैया भुत्तानी लिएकाको स्वीकारेका हुन ।
उनिहरुले अनुगमनमा र भ्रमन खर्चमा ८ लाख ३१ हजार ३ सय,बैठक भत्तामा ९ लाख ८ हजार ९ सय ११ र कार्यापालिका पदाधिकारीहरुको पारिश्रमिक खर्च शिर्षकमा १ करोड ३२ लाख ६० हजार ३ सय ५२ रुपैया भुत्तानी लिएको नगरपालिकामा पत्रकार सम्मेलन गरी स्वीकार हुन ।
नगरपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधीहरुको मिलेमतोमा ७७ जना कर्मचारी र जनप्रतिनिधीले बुझेको रकमका विषयमा पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ “हामीबाट कहिकतैबाट कमीकमजोरी हुन पनि सक्छन् किनभने हामी पनि त्यही समाजका मान्छे हौँ त्यस्ता कमी कमजोरीलाई तथ्य सत्य र स्वभाविक प्रसंग अनुसार सभ्य भाषामा आलोचनात्मक स्वभाविक भएको र आगामी दिनमा सुर्धिने अवसरको रुपमा ग्रहण गर्ने सधै तयार नै छौँ ” उक्त प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । कोहलपुर नगरपालिकाका प्रवक्ता माधव रिजालद्धारा हस्ताक्षर विज्ञप्तीमा २०७६ अषाढ ८ गतेबाट कुनैपनी भत्ता नलिने निर्णय भएको कोहलपुर नगरपालिका प्रवक्ता माधव रिजालले बताए ।

कोहलपुर नगरपालिकाद्धारा जारी प्रेस विज्ञप्ती

 

 

 

 

Nabintech