९ आश्विन २०७७, शुक्रबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर नगरपालिकासँग सूचना माग


कोहलपुर/कोहलपुर नगरपालिकासंग सुचना माग गरिएको छ । सञ्चारकर्मी समेत रहेका कोहलपुर निवासी प्रदिप वाग्ले र राजेश आचार्यले कोहलपुर नगरपालिकासंग सम्वन्धीत बिभिन्न सुचना माग गरेका हुन ।
वाग्लेका अनुसार आफुहरुले कोहलपुर नगरपालिकाको आर्थिक बर्ष ०७६/७७ को महालेखा परिक्षण कार्यालयको प्रतिबेदनको प्रमाणीत प्रतिलिपी ,कोहलपुर नगरपालिका भित्र हेल्प डेस्क राख्ने बारे बिभिन्न मितीमा हाल सम्म भएका निर्णयको प्रतिलिपी र बातावरण तथा गामिण बिकास केन्द्र इन्रुडेकसंग भएको सम्झौताको प्रमाणीत प्रतिलिपी ,कोरोना महामारी का क्रममा भएका खर्च बिवरण र सो को बिल भरपाईको प्रमाणीत प्रतिलीपी माग गरेको जानकारी दिए ।
यस्तै कोहलपुर नगर क्षेत्रको फोहर मैला व्यवस्थापनका क्षेत्रमा निजि क्षेत्रसंग हाल सम्म भएका सम्झौताहरु, फोहरमैला व्यवस्थापनका लागि निजि क्षेत्रसंग साझेदार गर्न बनेको मापदण्ड र कार्यबिधीको प्रमाणीत प्रतिलीपी ,बिपत व्यस्थापन र पुर्व सुचना लागि राष्ट्रीय तथा अन्तराष्ट्रिय निकायसंग भएका सम्झौता र सो क्षेत्रमा कोहलपुर नगरपालिकाका तर्फ बाट खर्च भएको रकमको बिल भरपाई , कोहलपुर नगरपालिकाले आर्थिक बर्ष ०७६/०७७ माघ देखि असार मसान्त सम्म कोटेशनमा दिएका कामको सम्झौता , लागत स्टमेट , भुक्तानी बिवरण र बिल भरपाईको प्रमाणीत प्रतिलिपी , कोहलपुर नगरपालिकाले गत आर्थिक बर्षमा खरिद गरेका जिन्सी सामानको बिवरण र बिल भरपाईको प्रमाणीत प्रतिलिपी , कोहलपुर नगरपालिकाले ०७४/७५, ७६र ० ७७ मा बितरण गरेको आर्थिक सहायता प्राप्त गर्नेको रकम सहितको बिवरण को प्रतिलिपी माग गरिएको पत्रकार राजेश आचार्यले जानकारी दिए ।
सुचना माग गरिएको पत्र कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबि लाल नेपाली लाई बुझाईएको छ ।
पत्र बुझदै नेपालीले कानुनको परिधीमा रही सुचना उपलध्ध गराउने प्रतिबद्धता जनाए ।

Nabintech