९ आश्विन २०७७, शुक्रबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कमजोरी लुकाउने चलखेलमा जनप्रतिनिधी,लेखालाई जोगाउन हम्मेहम्मे


कोहलपुर (बाँके)/ कोहलपुर नगरपालिका विवादमा चुलिएको छ । नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीले गत माघ देखी असार मसान्त सम्म ६ महिनाको समयमा लिएको सेवासुविधाका विषयमा नयाँ कोर्सले समाचार सार्वजनिक गरेसँगै नगरपालिका विवादमा चुलिएको हो । कोहलपुरका स्थानीयहरु समेत आक्रोसित बन्दै सामाजिक सञ्चाल तताएका छन् ।
गत माघ महिना देखी असार मसान्त सम्म जनप्रतिनिधी र कर्मचारीहरुले विभिन्न शिर्षकमा १ करोड ५० लाख ५ सय ६३ रुपैया भुत्तानी लिएका छन् । उनिहरुले अनुगमनमा र भ्रमन खर्चमा ८ लाख ३१ हजार ३ सय,बैठक भत्तामा ९ लाख ८ हजार ९ सय ११ र कार्यापालिका पदाधिकारीहरुको पारिश्रमिक खर्च शिर्षकमा १ करोड ३२ लाख ६० हजार ३ सय ५२ रुपैया भुत्तानी लिएका हुन ।

नगरपालिकाको लेखा शाखाले सार्वजनिक गरेको विवरण प्रति आशंका देखिएको कार्यपालिका सदस्य शंकर खड्काको भनाई छ । उनको नाममा देखिएको २८ हजार रकम आफुले नबुझेको प्रष्ट पारेका छन् । उनले भनेका छन्– मेरो नाम मा पनि रु २८०० लेखेको देखियो र यो विवरण को माथि हेडिङ्ग मा अनुगमन तथा मुल्याङकन भत्ता लेखेको छ यो सरासर झुट छ मैले कुनै पनि अनुगमन तथा मुल्याङकन गरेकै छैन । नत सो वापत को कुनै भत्ता लिएको छु ।तसर्थ यो विवरण मा मेरो नाम उल्लेखित भएको मा मेरो घोर आपत्ति छ र यस्को पुरै छानबीन हुनु पर्दछ । नगरपालिकाको लेखा शाखाबाट प्राप्त विवरणमा उनको नाम क्रम संख्या ४८ मा उल्लेख गरिएको छ ।

नगर कार्यपालिका सदस्य तथा विधेक समिति संयोजक भीम बहादुर नेपालीले सो रकम नबुझेको भन्दै सार्वजनीक सञ्जाल मार्फत विज्ञप्ती सार्वजनिक गरेका छन् । तर, नगरपालिकाको लेखा शाखाबाट प्राप्त विवरणको प्रमाणमा अनुगमण तथा मूल्याकंन भत्ता वाफत ५१ हजार ८ सय भुत्तानी लिएको सो विवरणको क्रम संख्या ५ मा उल्लेख गरिएको छ ।

नगरपालिकाले सार्वजनिक गरेको अनुगमन तथा मूल्याकंन भत्ता बाफत भुत्तानी लिने जनप्रतिनिधीहरु जोगिन र बच्न यति बेला विभिन्न हर्कत गरिरहेका छन् । प्राय सवै जानप्रतिनिधीहरुले विवरणमा उल्लेखित रकम बुझेको स्वीकार गरेका छन् । तर,स्थानीय जनता र कानूनबाट जोगिन कसैले फेसबुकमा विज्ञप्ती सार्वजनिक गरेका छन् । केही जनप्रतिनिधीहरुले समाचार खण्डनकालागि तयारी गरे पनि प्रमाणमा चुकेकाले कसरी जोगिन सकिन्छ भन्ने विषयमा परामर्श गरिरहेको प्रमाण नयाँ कोर्सलाई प्राप्त भएको छ ।


गत माघ देखी असार मसान्त सम्म ६ महिनामा सो भत्ता लिनेहरुमा जनप्रतिनिधी र कर्मचारी गरी ७७ जना रहेका छन् । मासिक तलव खाइरहेका कार्यालय सहयोगी राजेन्द्र टमाटाले ६ महिनामा मात्र ५२ हजार ७ सय ७५ भत्ता बुझेको देखिनुले राज्य कोषमा आर्थिक चलखेल र अनियमितता भएको प्रष्ट भएको कोहलपुर ११ का शेर बहादुर वलीको बुझाई छ । उनले भने यो एउटा उदारणमात्रै भनेको हु । यस्ता प्रमाण धेरै छन । यस विषयमा राज्यको माथिल्लो निकाएबाट छानविन गरि दोसिलाई कारवाही गरी असुल उपर गर्नुपर्छ ।
कोहलपुका सूचना अभियान्ता भुमबहादुर भण्डारीले नगरपालिकामा चरम वेथिती भएको बताउँदै राज्यकोषको चरम दोहन रोखिनु पर्ने बताए । उनले भने नगरपालिकामा आर्थिक अनियमिता मात्रै छैन–कार्यालय प्रयोजनकालागि खरिद गरेका जिन्सी सामानहरु कम्प्युटर र ल्यापटप केहि कर्मचारी र मेयरको सचिवालयमा काम गर्नेहरुका घरमा प्रयोग भैरहेको छ ।
नगरपालिकामा हरेक वर्ष जिन्सी सामानहरु खरिद हुने तर दाखिला भएको नभेटिने र लिलाम पनि नहुले थप आशंका पैदा भएको उनि बताउँछन् ।

तल हेर्नुहोस तलव भत्ता वितरण गरेको प्रमाणित तथ्याङ्क विवरण

 

 

 

 

 

Nabintech