९ आश्विन २०७७, शुक्रबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेमा असोज १ गतेबाट सार्वजनिक यातायात सञ्चालनमा आउने

बाँकेका यातायात व्यवसायी प्रालिहरु र मजदुर संघ संगठन बीच कोहलपुरमा बृहत छलफल



कोहलपुर (बाँके)/ बाँके जिल्लामा असोज १ गते देखी सार्वजनिक यातायातका साधन सञ्चालनमा आउने भएका छन । सरकारले असोज ५ गते देखी सार्वजनिक यातायातका  साधन सञ्चालनमा ल्याउने निर्णय गरे पनि बाँके जिल्लाको हकमा भने १ गते बिश्वकर्मा बाबाको पुजा गरेर सवारी सञ्चालन गरिने राष्ट्रिय यातायात व्यवसायी महासंघ बाँके जिल्ला संयोजक टंक बस्यालले जानकारी दिए । संयोजक बस्यालले सरकारले ल्याएका यातायात मौजुदा ऐन कानुनहरु  कार्यान्वयन गर्न माग गरेका छन् । यातायात व्यवसायीको समस्या समाधान गर्न सरकारसँग आग्रह गरे ।

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर असोज १ गते देखिनै सवारी साधन सञ्चालनमा ल्याउने बस्याले बताए । झण्डै ६ महिना लामो लक डाउनका कारण व्यवसायीहरु धरासायी बन्ने अवस्थामा पुगेको भन्दै सवारी साधन चलाउनुको बिकल्प नभएको बताए ।

सवारी साधनमा काम गर्ने मजदुर र यात्रुको सुरक्षाको उपकरणको प्रयोग गरेर साधन सञ्चालनमा ल्यायने सहमती भएको अखिल नेपाल यातायत व्यवसायी महासंघका केन्द्रीय उप महासचिव राज कुमार बिसीले जानकारी दिए । उनले यातायातका साधान सञ्चालन पूर्व मजदुरहरुको कोरोना बिमा यातायात प्रालीहरुले गरिदिने सम्झौता भएको नयाँ कोर्सलाई बताए ।

उनले लकडाउनका कारण  मजदुरहरु भोकै बस्ने अवस्था सृजना भएको भन्दै सुरक्षा मापदण्ड पुरा गरेर सार्वजनिक सवारी साधन चलाईने बताए ।

Nabintech