९ आश्विन २०७७, शुक्रबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कुबेर अन्दोलन प्रति निष्ठावान र जनता प्रति उत्तरदायी नेता : साँसद अथक


कोहलपुर (बाँके) /जनयुद्धका असल कमान्डर तथा जनताको डाक्टर का रुपमा परिचित राम बहादुर शाही (कुबेर) को १३ औं पुण्य तिथीको अवसरमा कोहलपुरमा श्रद्धाञ्ली सभा सम्पन्न भएको छ ।
श्रद्धाञ्ली सभाका अवसरमा बोल्दै संघिय सांसद एंव नेकपा केन्द्रीय सदस्य महेश्वर गहतराज (अथक)ले कुबेरको निधन ले परिवार ,सामाज र पार्टीलाई ठुलो क्षती पुर्याएको बताए । कुबेर अन्दोलन प्रति निष्ठावान र जनता प्रति उत्तरदायी नेता भएको अथकको भनाई थियो ।
कार्यक्रममा नेकपा प्रदेश ५ का सदस्य नरेन्द्र न्यौपाने,नरेन्द्र पाण्डे (जेम्स),अकल बहादुर बम,नेपाली काँग्रेसका नेता कृष्ण कार्की,कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्र अधिकारी लगाएतले राम बहादुर शाहीको राजनीतिक र सामाजिक योगदान बारे चर्चा गरेका थिए ।
शाहीको कलेजो सम्वन्धी समस्याका कारण उपचारका क्रममा भाद्र १७ गते निधन भएको थियो । पुखौली घर दैलेख भएका शाही लामो समय देखी कोहलपुरमा बासोवास गर्दै आउनु भएको थियो । पुज्य तिथिमा आयोजित श्रद्धाञ्ली सभाको अवसरमा परिवारका तर्फबाट एक अक्षय कोषको स्थापना गरिएको छ ।
एक लाख पाँच हजार पाँच सय पचपन्न रुपैयाँको स्वर्गिय राम बहादुर शाही उत्कृष्ट छात्रवृत्ति अक्षय कोष स्थापना गरिएको हो । सो कोषबाट बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा अध्यनरत जेहन्दार बिधार्थी लाई छात्रवृत्ति उपलब्ध गराईने छोरी एंव नेकपा कोहलपुर नगर कमिटी सदस्य गिता शाहीले जानकारी दिईन ।

Nabintech