९ आश्विन २०७७, शुक्रबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
योद्धाहरुका सपना र सच्चा श्रद्धाञ्जली


बिषय प्रवेश 

शिर्षक अनुसारको बिषयबस्तु प्रबेशमा अन्यौलता हुँदाहुदै पनि मनमा लागेको खुल्दुली, कौतुहल्ता र अनेकौ प्रश्नहरुले भित्रभित्रै घच्घच्याई रहेका छन् । सामाजिक संजालमा मिति २०७२ भाद्र १८ गते देखी २१ गते सम्म दुईजना फरक तथा प्रत्यक्ष रुपमा आँधिमय जनयुद्धका दिनहरुमा प्रत्यक्ष पिडित तथा जीवनभर पिडाबोध भई देहत्याग गर्ने दैलेख जिल्ला जन्मस्थल भएपनि कोहलपुरलाई कर्मथलो बनाई अस्ताएका क. राम बहादुर शाही (कुबेर) र चितवन जिल्ला जन्मस्थल भई बैजनाथपुर गाउँपालिका स्थित बनकटवामा स्थायी घर भएकी जनयुद्धको क्रममा एकमात्र छोरा क्रान्ती अबिलासी देबकोटा (क्रान्ति)लाई गुमाएकी सहिद आमा राधादेबि देबकोटाले बुनेका सपना के थिए होलान् ? के ति सपनाहरु पुरा भए होलान् त ? के उनीहरु दुबै योद्धाका के भविश्यमा सपना पुरा हुनेमा बिश्वास थियो होला त ? यि यावत प्रश्नहरुको जवाफ नजिकका आफन्त वा कोही कसैले दिन सक्ने छैनन् । यी सबै सपनाहरु राप्ती नदीको अबिश्राम यात्रासंगै विलिन भएर गएका छन । फरक लिंग, फरक स्वभाव, फरक भावना, फरक परिबेश, फरक समाज र संस्कृतिमा जीवनयापन गरेका यी दुई फरक पात्रको धेरै कुरामा फरक भएपनि एक कुरामा पक्कै एकता र समान सपना थियो त्यो हो–समाज रुपान्तरण ! यि पात्रका सपना पुरा भए कि भएनन् भनि भन्न सकिने अवस्था पक्कै छैन किनकी दुबै यात्रीले जे जस्तो त्याग र बलिदानी गरेका छन बलिदानीको स्तरको दृष्टीकोणबाट हेर्दा रुपान्तरण पक्कै भएको छैन यो चाही ढुक्कले भन्न सकिन्छ ।

स्मरणमा राम बहादुर शाही (क. कुबेर)

तत्कालिन ने.क.पा.(माओवादी) ले २०५२ साल फागुन १ गते देखी संचालन गरेको जनयुद्धको क्रमिक विकास र बिस्तारसँगै ग्रामीणबस्तीहरुमा प्रत्यक्ष युद्धको प्रभाव परिरहेको अवस्थामा दैलेख जिल्ला पनि अछुतो हुने कुरै भएन । नेपाल कम्युनिस्ट पार्र्टीको एकता केन्द्र (मशाल)मा आबद्ध रही सक्रिय कार्यकर्ताको रुपमा क्रियासिल रहदै कम्युनिस्ट बिचार र आस्थामा प्रतिबद्ध रहेका क.कुबेरले एक उर्जाशील र नैतिकवान समाजसेवीको रुपमा दैलेख र बाँके मात्र होईन समग्र पश्चिम नेपालमा सुपरिचित हुनुहुन्थ्यो । जनयुद्धमा क्रियाशील रहँदा होस वा शान्ति प्रक्रियामा, हमेशा पार्टी र क्रान्तिप्रतिको चिन्ता ब्यक्त गर्नुहुने आदरणीय ब्याक्तित्वका रुपमा स्थापित हुनुहुन्थ्यो ।

युद्धमा आयुर्वेदिक डाँक्टरको रुपमा कुशलता पुर्वक आफ्नो जिम्मेवारी निभाउदै र शान्ति प्रक्रियामा नेपाल राष्ट्रिय जनस्वास्थ्य कर्मी संघको जिम्मेवार भुमिकामा रहदै संगठनमा अतुलनिय योगदान दिनु भएका क.कुबेरले अथक संघर्ष गर्नुप¥यो । जनयुद्धको क्रममा भोगेका युद्धमय पिडामात्र होईन शारीरिक रुपमा आजीवनको रोगब्याधिले उहाँलाई निरन्तर सताई रहेको थियो । आफु रोगग्रस्त भई मृत्यूसंग जुधिरहेको बेलापनि जुन ब्यक्ति सबै कुराबाट निराश भई उहाँकहाँ पुग्थ्यो त्यो ब्यक्तिमा उर्जा थप्ने एक सकारात्मक उर्जाको स्रोतकोरुपमा कमरेड कुबेर रहदै आउनुभएको थियो ।  उहाँको ईमान्दारिता, नैतिकवान र नि‡ावान ब्यवहारले सबै मानिसहरु प्रभाबित भएका छन् । परिवारको सदस्यको हैसियतबाट दिएको उर्जाले परिवारका हरेक सदस्यहरु सफल भएका छन भने समाजमा उहाँबाट प्रभाबित सयौ मानिसहरुले उहाँको बिचार भावनामा एक्यबद्धता जनाएका छन् । जनयुद्ध जस्तो भिषण तथा कठीनपुर्ण यात्रामा सिङ्गो पार्टीको उर्जावान युवाहरुको अभिभावकत्व निर्भाह गर्न सफल व्यक्तिको रुपमा रहनु भएका क. कुवेरले परिवारका सदस्यहरु समेतलाई पार्टीमा सक्रिय रहन प्रेरणा दिनु भयो । उहाँको अद्धितीय पे्ररणा र योगदानका कारण आज उहाँको सम्पुर्ण परिवारजन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को झण्डामा आवद्ध भई नेकपाको बिचार र सिद्धान्तप्रती प्रतिबद्ध रहदै जिम्मेवारी वहन गर्दै आइरहेका छन् । पार्टीको सिद्धान्त तथा बिचारमा अबिचलित रुपमा क्रियाशील रहदै आउनु भएका क. कुवेर विगत केही वर्ष देखि शारीरिक रोगव्याधीले पिडित भई थला परे पनि उहाँलाई भेटघाटमा स्वास्थ्य लाभको कामना गर्न जाने सम्पुर्णलाई उहाँले कहिलै निरास पार्नु भएन थप क्रान्तिकारी उर्जा प्रभाव हुने गरी बिचार पस्कीनु भयो । कहिल्यै निराश नभई सदाबहार क्रान्तिको बिउ रोप्न क्रियासिल एक अथक योद्धाको सबै चाहना र योजनाहरु मिति २०७७ साल भाद्र १८ गतेका दिन सदाका लागी अन्त्य भए।

स्मरणमा शहीद आमा राधादेवी देवकोटा(मैना)

हरेक प्राणीलाई संसारमा आफ्नो शरीर भन्दा प्यारो कुनै चिजवस्तु छ त त्यो उसको सन्तान हो । हरेक प्राणीहरु भन्दा उत्कृष्ट जीवन जिउन सफल मानवको लागी त झन् सन्तान प्रतिको माया ममता कम हुने कुरै भएन । असल सन्तानको प्राप्तीको लागी हिन्दु पौराणीक दन्त्य कथाहरुमा ठुलाठुला कष्ठपुर्ण त्याग र तपस्या गरेका प्रशस्त उदाहरणहरु भेटिन्छन । तथापी समाजमा हरेक बाबु–आमाले जतिसुकै कष्ट र तपस्याबाट सन्तान प्राप्ती र पालनपोसण गरेपनि आज कैंयौ आमाबाबुहरुको आफ्नै सन्तान हुँदाहुदै पनी बृद्धाश्रममा बास छ भने सयौले सडकमा जनावरको जीवन बिताउनु परेको छ ।

कैयौ असल छोराहरु मध्ये, परम्परागत समाज रुपान्तरण गरी विधि र पद्धति स्थापित गर्नको लागी समाज परिवर्तनको यात्रामा भौतिक शरिरको आहुति दिन तयार एक महापुरुष जन्माउने आमा हुन–शहिद आमा राधादेवी देवकोटा(मैना) । चितवन जिल्ला भरतपुर म.न.पा. वडा नं. १५ को थिर्पुमा मिति २०२०/०१/१० जन्मभई हाल बाँके जिल्लाको वनकट्वामा स्थायी बासिन्दाको रुपमा बसोवास गर्नुहुने शहीद आमाको रामचन्द्र देवकोट(प्रशान्त)संग विवाह भएको थियो । उहाँहरुको चार सन्तान मध्यका महान शहीद कमरेड क्रान्ति अभिलासी देवकोटा(क्रान्ति) को जन्म २०३८/७/१८ मा भएको थियो । किशोरास्थामा पढ्दापढ्दै विद्यार्थी आन्दोलनमा होमिएका शहीद क्रान्ति अभिलाशी देवकोटा (क्रान्ति)को बाल्यकाल घरमा चार भाइ बहिनी मध्यका एकल भाईका रुपमा बितेको थियो । नेपाली समाजको दृष्टीकोणबाट हेर्दा एकल छोराको रुपमा बुवा रामचन्द्र देवकोटा(प्रशान्त) र आमा राधादेवी देवकोटा(मैना)को कोखबाट जन्मिएपनि जतिसुकै माया, ममता, सुख र आनन्द भएपनि वर्गिय क्रान्ति प्रतिको दृढता र सकारात्मक बुझाईले गर्दा उनलाई कुनैपनि सुख, सुविधा र अवसरले छेकेन । कम्यूनिष्ठ विचार र आदर्शबाट प्रभावित परिवार भएकाले कमरेड क्रान्तिलाई किशोरावस्थामै क्रान्तिमा होमिन पारिवारिक रोकावट हुने कुरै भएन बरु परिवारबाट हौसला प्रदान भयो । बागेश्वरी पप्लिक बहुमुखी क्याम्पस कोहलपुरमा अध्यायनरत रहँदारहँदै जनयुद्धमा सामेल हुुनु भएका कमरेड क्रान्ति अविलासी देवकोटा(क्रान्ति) अखिल (क्रान्तिकारी)को जिल्ला उपाध्यक्ष तथा तत्कालिन ने.क.पा.(माओवादी) को एरिया सदस्यको जिम्मेवारीमा रहँदारहँदै तत्कालिन शाही नेपाली सेनाले वाँके जिल्ला नौवस्ताको डिगीया गाउँमा मिति २०५८÷९÷१५ गतेका दिन अपहरण सहित बेपत्ता ग¥यो ।

आफ्नो एक मात्र छोराको बेपत्ता पछि आमा राधादेवी देवकोटा कत्तिपनि विचलित नभई निरन्तर रुपमा हजारौँ जनयुद्धमा सामेल नौजवानलाई आफ्नो छोरा सम्झदै र उनिहरुलाई क्रान्तिको उद्देश्य प्राप्तीको निम्ति क्रियाशील रहन प्रेरणा प्रदान गर्नुभयो साथै आफ्नो परिवारका छोरी शुस्मा सागर देवकोटा (क.कदम) र आफ्नो पति रामचन्द्र देवकोटा (क.प्रशान्त) लाई समेत जनयुद्धमा प्रत्यक्ष सामेल हुन हौसला दिनुभयो । आफु समेत पार्टीको क्रियासिल सदस्यका रुपमा भूमिका निभाउनु भयो । कहिल्यै पनि निराश नभई पार्टीको जिम्मेवारीलाई महत्वपुर्ण ठानी सम्पुर्ण परिवारलाई नै जनयुद्ध तथा शान्तिपुर्ण अवस्थामा क्रियासिल राख्नु भयो । आफ्नो भौतिक शरिरमा क्यान्सर जस्तो भयानक रोगबाट पिडित हुँदा पनि अविचलित रुपमा कम्यूनिष्ट निष्ठा र आर्दशमा कायम रही देहत्याग गर्नु भएको आदरणीय शहीद आमा राधादेवी देवकोटाको पार्थीव शरीरको अन्त्य सगै उहाँका सपनाहरु पनि अन्त्य भएका छन ।

अन्त्यमा,

तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा प्रत्यक्ष रुपमा संलग्न र क्रियासिल रहि कम्युनिष्ट निष्ठा, विचार र आर्दशमा क्रियासिल फरकफरक सन्दर्भमा रहेका दुई पात्रको देहान्तको बेला सयौको संख्यामा सहभागी शवयात्री र  यही भदौ १८ र १९ गतेका दिन दुवैपात्रको श्रद्धान्जलीको लागी रंगिएको सामाजिक सन्जाललाई हेर्दा त्याग, तपस्या र बलिदानको कृति खडा गरेका यी ऐतिहासिक पात्र प्रतिको श्रद्धान्जली के यति मात्रै ले पुग्ला त ? हजारौँको त्याग, तपस्या र बलिदानबाट प्राप्त भएको गणतन्त्र, संघियता, समावेशिता, धर्म निरपेक्षता जस्ता सामाजिक रुपान्तरणका मुद्या प्राप्त भएपनि जनयुद्धमा क्रियासिल योद्धा, घाइते, अपांग, शहिद परिवार र बेपत्ता परिवारले व्यक्तिगत रुपमा परिवर्तन पछि के प्राप्त गरे ? वा के गुमाए ? त्यसको हिसाब किताब कसले गर्ने ? हजारौँ घाइते र अपा·हरु उपचार नभएर छट्पटिनु पर्ने अवस्था कसरी सिर्जना भयो ? अझै परिवर्तन र सामाजिक आन्दोलनको लागी अर्काे क्रान्तिको आवश्यकता छ भनि नारा लगाउन किन मानिसहरु क्रियासिल हुदैछन ? यस्ता विविध प्रश्न वा प्रसंगहरुमा क्रान्तिकारी आन्दोलनमा सरिक साथै अग्रगामी सोचराखी सामाजका विविध विषयमा अन्याय अत्याचारको विरुद्धमा लाग्ने र समाज रुपान्तरणको अग्रगामी सोच लिनेका निमित्त गम्भिर सोचनिय विषय बनेको छ। हिजोको आदर्श र नैतिकताको डोरीबाट चिप्लीएको क्रान्तिकारी आन्दोलनलाई बचाउन र जनयुद्ध तथा शान्तिपुर्ण आन्दोलनका क्रममा प्रत्येक्ष रुपमा पिडितहरुलाई उनीहरुले विगतमा लिएको लक्ष्य र उद्देश्य प्राप्तीमा क्रियासिल भई क्रान्तिकारी परिवर्तन गर्नु नै देहत्याग गर्नेहरुको निम्ती सच्चा श्रद्धान्जली र पिडितहरुका निम्ती उचित राहत हुनसक्छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Nabintech