६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बालविवाह अन्त्य गर्नु पर्नेमा सबैको जोड


कोहलपुर नगरपालिकाले बालविवाह न्युनीकरण गर्न निर्देशिका अनुसार काम थाल्ने भएको छ । बालविवाह अन्त्यकालागी आयोजित एक कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले कोहलपुर नगरपालिकाले बालविवाह न्युनीकरणका लागी निर्देशिका बनाएर पास गरिसकेको बताउदै बालविवाह अन्त्य गर्न सबै लाग्नुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं ११ का वडाध्यक्ष कर्ण बहादुर थापाले बाल विवाह व्यक्ति र समाजका लागी नराम्रो पक्ष भएको बताउदै उमेर पुगेपछि मात्र विवाह गनुृपर्ने सन्देश दिनपनुपर्ने बताए ।
कार्यक्रममा कोहलपुर नगरपालिका सामाजिक विकास समिती संयोजक नारायणी वली, नगरशिक्षा शाखा प्रमुख अन्नत कुमार पौडेल, स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेल वडाध्यक्षहरु , बालक्लब किशोरी क्लबका प्रतिनिधी प्रहरी लगायतको सहभागीता रहेको थियो ।

Nabintech