९ आश्विन २०७७, शुक्रबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
लुटको स्वर्ग कोहलपुर नगरपालिका,राज्य कोषको चरम दोहन


कोहलपुर (बाके) / कर्मचारी तथा जनप्रतिनिधीहरुको लागी कोहलपुर नगरपालिका लुटको स्वर्ग रहेको पाईएको छ । कोरोना महामारीका समयमा घरमा बसेका सवै तहका कर्मचारीले लाखौ रुपैया भत्ता लिएको तथ्य बाहीर आएको छ ।

कोहलपुर नगरपालिका श्रोतका अनुसार लकडाउनको समयमा अनुगमन तथा मुल्याङकन भत्ता वापत लेखा अधिकृत सुदिप सुनारले ७५ हजार ३ सय ,लेखा शाखाकै नर्वदा रावतले ७४ हजार २ सय , सामाजिक बिकास शाखाका बिर बहादुर बिकले ६० हजार ,ईन्जीनियर बाल कृष्ण महतराले ४० हजार ८ सय ,तत्कालीलिन प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्रदेव भारतीले १९ हजार , लेखा शाखाका कर्मचारी सिमान थारुले १ लाख १३ हजार ६ सय , ड्राईभर उमेश रिजालले १ लाख ९ हजार १ सय ५०, प्रेस सल्लाहकार भीम रावत ३८ हजार ८०, समाजिक बिकास शाखाका हरी वली ३८ हजार ३ सय ,कर्मचारी कुल बहादुर राई ५३ हजार ३ सय ५० ड्राईभर खडक बहादुर खत्री ४९हजार ७ सय ५० ,सूचना शाखा प्रमुख राजेश चापागाई ६१ हजार ५ सय ,स्टोर शाखा प्रमुख इन्द्रमणी ढकाल २४ हजार ४ सय , ड्राईभर दिनेश डांगी ६५ हजार ४ सय ६० , कार्यालय सहयोगी राजेन्द्र टमाटा ५२ हजार ७ सय ७५ , आर्थिक विकास शाखा बिर बहादुर विक ४० हजार १ सय , ल्याव टेक्नेनियन दिपक उपाध्याय ५६ हजार २ सय , शिक्षा शाखामा कार्यरत हेम कुमार रावत ३० हजार ७ सय , कानुन शाखाका बुद्धिमान विष्ट १९ हजार ,विपद् व्यवस्थापन शाखाका पुरुषोत्तम पोखरेल ४७ हजार २ सय ५०, कर्मचारी करुणा विष्ट २९ हजार १ सय , कर्मचारी तिर्थजंग शाही ३९ हजार ६ सय ५०, कर्मचारी गोपाल उपाध्याय ५१ हजार ५ सय , मेयर लुट बहादुर रावतको सचिवालयमा कार्यरत हेमराज खत्री ४१ हजार ८ सय, शिक्षा शाखामा कार्यरत शिक्षा शाखा प्रमुख अनन्त कुमार पौडेल ५६ हजार ३ सय रुपैँया कोहलपुर नगरपालिकाबाट सो रकम बुझेको प्रमाण नयाँ कोर्सलाई प्राप्त भएको छ ।
नगरपालिकाका ७७ जना कर्मचारीले अनुगमन वापत २२ लाख ८१ हजार ५ सय ५५ रुपैया बुझेका छन ।
त्यसैगरि कोहलपुर नगर पालिका प्रमुख रावतले १ दिन अनुगमन गरेवापत ३२ हजार ५ सय ,उप प्रमुख सञ्जु कुमारी थारुले ४ दिन अनुगमन गरेवापत ५७ हजार २ सय ५० ,कोहलपुर ८ का वडा अध्यक्ष रेशम खत्रिले ४ दिन अनुगमन वापत ४७ हजार १ सय ५०, कार्यपालिका सदस्य भिम नेपालीले ५१ हजार ८ सय , कोहलपुर ५ का वडा अध्यक्ष बिष्णु तिवारीले ३६ हजार ९ सय ५० , कार्यपालिका सदस्य डिल बहादुर परियारले ३५ हजार १ सय बुझेका छन ।
कोहलपुर नगरपालिका भित्रका कुनै पनि शाखाका कर्मचारी भत्ता लिन नछुटेपनि महामारीका समयमा महामारीका समयमा स्वास्थ्य शाखा अन्र्तगतका कर्मचारीहरु भने भत्ता पाउन बाट बंचित भएका छन । नगर स्वास्थ्य शाखा प्रमुख डिल्ली राज पोखरेल लगायतका कर्मचारीहरुले भने भत्ता लिएको पाईएको छैन ।शाख प्रमुख र स्वास्थ्यमा कर्मचारीहरु १ दिन पनि बिदा नलिएर काममा खटिएको नयाँकोर्स लाई जानकारी दिए ।
लक डाउनका समयमा भ्रमण भत्ता वापत भन्दै कर्मचारीहरुले लाखौ रुपैया लिएको नगरपालिका श्रोतले जनाएको छ । कोहलपुर नगरपालिकाका एक कर्मचारीका अनुसार कोरोना महामारी कोहलपुर नगरपालिकाका कर्मचारीहरुको लागि ठुलै चाड बनेर आएको बताउँछन । उनले अनुगमनका लागि निश्चित शाखा भएको भएपनि सबै जसो कर्मचारीले लेखा शाखामा पहुचका आधारमा थोरै धेरै भत्ता लिएको बताए ।

कर्मचारी तथा जनप्रतिनिधीहरुले बुझेको रकमकमे विवरण ः

Nabintech