९ आश्विन २०७७, शुक्रबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेमा थप ४२ जना डिष्चार्ज


कोहलपुर बाँके/  बाँकेमा आज थप ४२ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् ।

कृषि तालिम केन्द्र खजुरा आइसोलेसनबाट १३ जना, मेडिकल कलेज कोहलपुर आइसोलेसनबाट ८ जना, भेरी अस्पतालबाट ८ जना, होटल सिटी प्यालेसबाट ६ जना, खुल्ला कारागार आइसोलेसनबाट ३ जना तथा होटल इन्द्रेणी, आदर्शनगर आइसोलेसन, डुडुवा आइसोलेसन र आन्तरिक राजश्श्व कार्यालयबाट १/१ जना गरि ४२ जना डिष्चार्ज भएका हुन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ७८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

अब आइसोलेसनमा बाँकेमा ३ सय ८३ र अन्य जिल्लाका ३ जना गरी ३ सय ८६ जना छन् । बाँकेमा हालसम्म १ हजार ४ सय ६९ जनामा कोरोना पुष्टि भएको छ । ८ जनाको भने मृत्युु भइसकेको छ ।

 

Nabintech