११ माघ २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर नगरपालिकाले ६ महिनामा भत्तामा मात्रै डेढ करोड बाढ्यो

४० आयोजना कोटेशनमा आफ्नालाई बितरण



कोहलपुर (बाँके)/ गत आर्थिक बर्षको माघ देखी असार मसान्त सम्मको ६ महिनाको अवधीमा कोहलपुर नगरपालिकाले डेढ करोड रकम भत्ता शिर्षकमा बितरण गरिएको छ ।
कोरोना महामारिले देश लकडाउन भएको अवधीमै कार्यपालिका पदाधिकारीहरुको पारिश्रमीक बापत १ करोड ३२ लाख ६० हजार ३ सय २५ रुपैया बितरण गरिएको छ । अनुगमन र भ्रमण भत्ता शिर्षकमा क्रमश ८ लाख ३१ हजार ३ सय र ९ लाख ८ हजार ९ सय ११ रुपैया बितरण गरेको पाईएको छ ।
लकडाउन अवधिमा अधिकाँस समय मानिसहरु घर भित्रै रहेको र भण्डै ४ महिना कोहलपुर नगरपालिका समेत पुर्ण रुपमा बन्द रहेको अवधिमा यति ठुलो रकम भत्ता बितरण गनु लाज मान्न पर्ने बिषय रहेको नेपाली काग्रेस कोहलपुरका नेता भुम भण्डारी बताउँछन । उनले जनता महामारीमा रहेका बेला कम्तीमा जनप्रतिनिधीले भत्ताका नाममा यति ठुलो लुट नमच्चाएको भएपनि हुने तर्क गरे ।
कोहलपुर नगरपालिकाले सोही अवधिमा ४० ओटा आयोजनाहरु कोटेशन मार्फत कामका लागी बिभिन्न व्यक्तिहरु लाई दिएको छ ।
लक डाउनका समयमा आफु नजिकका मानिसहरुलाई आयोजना बितरण गरिएको भन्डारीको भनाई छ । उनले दर्जनौ ठुला आयोजना अलपत्र परिरहेको अवस्थामा आफु नजिकका मानिसलाई आर्थिक लाभ पुर्याउने उदेश्यले यस्तो गरिएको बताएका छन ।
नेपाली काग्रेसका नेता भण्डारीले कोहलपुर नगरपालिकाका गलत गतिबिधीको सुचना माग गरेर सार्वजनिक गदै आएका छन । यस अघि भण्डारीले कोरोना महामारीका समयमा कोहलपुर नगरपालिकाले खर्च गरेको भण्डै ३ करोड रकमको पनि बिल भरपाई माग गरेका थिए । २ हप्ता अघि उक्त सुचना माग गरेको भएपनि कोहलपुर नगरपालिकाले उक्त बिल भरपाई हाल सम्म नदिएको भण्डारीले बताए ।

Nabintech