८ आश्विन २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
देशभरि २४ घण्टामा थपिए १ हजार ३९ कोरोना संक्रमित


कोहलपुर बाँके/  २४ घण्टामा देशभर १ हजार ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । आज देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ७३० र होम आइसोलेशनमा ७ हजार ३८७ जना रहेका छन् ।

बितको २४ घन्टामै पीसीआर ९ हजार १८५ जनाको भएको छ। यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार १७३ जना निको भएका छन् भने निको हुनेको कुल संख्या ३८ हजार ६९७ पुगेको छ ।

यसैबीच आज थप ९ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३४५ पुगेको छ

Nabintech