२५ फाल्गुन २०७७, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नागरिक लगानी कोषको शेयर आजबाट बिक्रीका लागि खुल्ला !


कोहलपुर बाँके / प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडकाे स्वामित्वमा रहेको नागरिक लगानी कोषकाे संस्थापक समूहकाे शेयरमा आज आइतबार बाट बिक्रीका लागि खुला भएको छ।

प्रिमियर इन्स्योरेन्सले बाेलकबाेल प्रकृयाबाट बिक्री गर्न लागेकाे कोषको संस्थापक समूहकाे ५० हजार कित्ता शेयरहरू खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले प्रति कित्ता २ हजार ३ सय रुपैयाँमा नघट्ने गरि आजबाट आश्विन ४ गतेभित्र शिलबन्दी बाेलपत्र पेश गर्न सक्नेछन् ।

शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले शिलबन्दी बोलपत्रको माध्यमबाट बिक्रीका लागि छुट्याइएको शेयर खरिदका लागि आवेदन गर्ने योग्य आवेदनहरू कोषको असार २० गते सम्पन्न साधारणसभाबाट स्वीकृत भइसकेको हकप्रद शेयरमा आवेदन गर्न योग्य हुनेछन् ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

Nabintech