३१ जेष्ठ २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
होटल साहुनी द्वारा प्रहरी कार्यालय अगाडि नै हवल्दारमाथि चक्कु प्रहार


कोहलपुर / जिल्ला प्रहरी कार्यालय दाङ अगाडि नै प्रहरी हवल्दार खडक खत्रीमाथि चक्कु प्रहार भएको छ ।

गएराति जिप्रका अगाडिकै होटलमा प्रहरी हवल्दार ४० वर्षीय खत्री र होटल साहुनीबीच विवाद भएको थियो ।विवादकै क्रममा होटल साहुनीले हवल्दारलाई चक्कु प्रहार गरेकी हुन् । घाइते हवल्दारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको छ । चक्कु प्रहार गर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै पक्षबीच भनाभन भई विवाद हुँदा ती महिलाले प्रहरीमाथि चक्कु प्रहार गरेकी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले बताए ।

हवल्दार होटलमा गएर बेला–बेला खाजा खाने गर्थे । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको र कानुनी कारबाही हुने एसपी चन्दले बताए ।

Nabintech