९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेपालको पहिलो कम्युनिष्ट सशस्त्र संघर्षको कमाण्डर कामि बुढा


नेपालमा पहिलो कम्युनिष्ट सशस्त्र संघर्ष कहिले भएको थियो यो प्रश्नमा सायद इतिहासका विद्यार्थीहरूको जवाफ हुन्छ होला– २०२८को झापा विद्रोह। नेपाली कम्युनिष्ट सशस्त्र संघर्षको इतिहास पढ्नेहरूकालागि यो जानकारी मात्र छ भने त्यो निकै अधुरो जवाफ छ। किनकि २००७ सालकै वरिपरि रोल्पा रुकुमबाट पहिलो कम्युनिष्ट सशस्त्र क्रान्तिको शुरुवात भएको थियो र जसको पहल र नेतृत्व कामी बुढाले गरेका थिए। त्यस्तै नेपालमा कम्युनिष्टहरूले पहिलोपटक कहाँ समानान्तर जनसरकार घोषणा गरेका थिए भन्ने प्रश्नमा धेरैको जवाफ हुनसक्छ– २०५७ पुस ५ गते, रुकुमको बाँफीकोटमा गरिएको जिल्ला जनसरकार घोषणा। जिल्ला जनसरकारकै हकमा यो नै पहिलो हो तर कम्युनिष्टहरूले समानान्तर जनसरकार घोषणा गरेको यो नै पहिलो होइन किन कि उतिबेलै कामी बुढाले रुकुमको चौखावाङ लिंगुरमा बाजागाजासहित भब्य जनसभा गरेर समानान्तर जनसरकार घोषणा गरेर मन्त्रीहरू समेत नियुक्त गरेका थिए। (तेजेन्द्र खाम मगरले लेखेको कामी बुढाको जीवनी नामक पुस्तकबाट)

कामी बुढालाई नेपाल सरकार मन्त्रिपरिषद्को २०७४ जेठ ९ गते बसेको बैठकले राष्ट्रिय सहिद घोषणा गरेको छ । कामी बुढा रुकुम जिल्लाको चौखावाङ– ८ मा वि.सं. १९७८ सालमा वुवा खिन्तु वुढा र आमा मंगली वुढाको कोखबाट जन्मेका हुन्। सामान्य किसान परिवारमा जन्मेका शहीद कामी वुढाको परिवार पछाडि चौखावाङ– ५ हिलमा बस्न थाल्यो र अहिले पनि उनका छोरी र नाति नातिनी सोही गाउँमा बस्छन्। लाहुरे वन्ने तीब्र इच्छाका कारण उनी पहिले अंग्रेज पल्टनमा भर्ति भएका थिए। उनले पल्टनमै हुंदा शिक्षा दिक्षा पाए। भारतीय स्वतन्त्रता सँग्राम,तेलंगनामा चलेको सशस्त्र किसान र चिनियाँ जनयुद्धको प्रभावले कामी वुढालाई राम्ररी छोयो। अंग्रेज पल्टनको भारतीय सेनामै छँदा राम्रो प्रशिक्षकमा स्थापित नयाँ अंग्रेजसँग मोह भङग भयो। गोराहरूसँग मुक्त भए पनि काला साहेबको अधिनमा भारत रहेको देखेपछि र आफ्नो देशमा पनि क्रान्तिको आवश्यकता महसुस गर्दै कामी वुढा २००७ सालतिर स्वदेश फर्केको देखिन्छ।
नेपाल आएपछि काठमाडौं पुगेर कम्युनिष्ट पार्टीको नेतृत्वसँग छलफल गरेपछि उहाँलाई जिम्मेवारीका लागि कमलराज रेग्मीको सम्पर्कमा पाल्पा पठाएको देखिन्छ। त्यसबेलासम्म आन्दोलन काङग्रेसबाट मोह भङग भएका दैलेख चौराठाका भवानीप्रसाद शर्मा अधिकारीसँग उनको सहकार्य अघि वढ्यो। त्यतिवेला रक्षा दलको बिद्रोरोहमा कम्युनिष्टहरूको सहभागिता र समर्थनको आरोपमा कम्युनिष्ट पार्टीमाथि प्रतिवन्ध लगाइएको थियो। त्यति नै बेला पार्टीमाथिको प्रतिबन्धको समेत वास्ता नगरेर उनले ग्रामीण वर्गसंघर्षको थालीन गरे। किसान जागरण गराउँदै स्थानीय जाली फटाहाविरुद्ध आन्दोलन चर्काउदै रुकुम, रोल्पा, सल्यानहुँदैं जुम्लाको कँडेरी पुग्दा सहयात्रीहरूको संख्या बढ्यो। स्थानीय अड्डाहरू कब्जा गर्दै उनीरु अगाडि बढ्छन् र आन्दोलनकै क्रममा चिनिंयाँ जनमुक्तिसनासँग भेट्ने योजना रहन्छ। तर, उनीहरूको अभियान सिमिकोटसम्म पुग्दै प्रशासन र स्थानीय जिम्वाल, ठालुहरूको संयुक्त आक्रमणबाट विद्राहीहरू एम्वुसमा परेर गिरफ्तारमा परे। त्यसवेलासम्म सिमीकोटमा अदालत, जेल नभएकोले विद्रोही कामी र भवानीको १७ जनाको समूहलाई जुम्ला लगियो। गिरफ्तार परिसकेपछि कामी बुढाले अरु सबै आफ्ना सहयोगी मात्र भएको र आफू अगुवा भएको बताएपछि अरुलाई छाडियो तर उनलाई भने २०१० असोजमा जुम्ला चौभान जेलमै हत्या गरियो।
बुढालाई नजीकबाट चिनेका पुराना बामपंथी नेता कमलराज रेग्मी हुन्, उनले कामी बुढालाई ‘रुकुमका धनबहादुर’ भनेर कतै कतै सम्वोधन गरेको पाइएको छ। नेपाल साप्ताहिकमा प्रकाशित स्मरणमा उनले भनेका छन्– ‘२००८ मंसिरमा रुकुमका धनबहादुर र दैलेखका भवानी शर्मा नामका व्यक्ति आएर मलाई भेटेका थिए, उनीहरूले कम्युनिस्ट पार्टीको प्रचारप्रसार गर्नचाहेको भन्दै सदस्यताका निम्ति अनुरोध गरेका थिए। त्यसबेला कम्युनिस्टको सदस्यता लिन ज्यादै गाह्रो थियो। जोकसैले चाहँदैमा त्यत्तिकै दिने चलन थिएन। मैले पनि उनीहरूलाई सोही कुराको जानकारी गराएर किसान सँगठनको सदस्यता दिएर काममा पठाएको थिएँ। उनीहरू प्यूठानदेखि किसान सँगठनको काम सुरु गरी सल्यान, दैलेख, रुकुम, रोल्पा, डोटीहुँदै जुम्ला र हुम्लासम्म पुगेका रहेछन्। शान्तिपूर्ण जुलुस उठाएर जाली फटाहा र शोषकहरूको विरोध गरे पनि उनीहरूमाथि हतियार लिएर कब्जा गर्न खोजेको आरोप लगाइएछ र पक्राउ गरिएछ। हुम्लाको मूल अड्डा जुम्लामा रहेकाले उनीहरूलाई जुम्ला कारागारमा थुनिएको रहेछ।’ रेग्मीले अर्को एक प्रसँगमा बताएअनुसार त्यतिबेला कामी बुढामाथि चरम यातना दिएर लखतरान बनाइएको थियो। अन्ततः चरम यातनापछि उनलाई जुम्ला चौभानमै हत्या गरियो।
कामी बुढाबारे जानकार व्यक्तिहरू पनि धेरै छैनन्। उनकै बहिनी आशमालीको निधन भइसकेको छ। उनको बारेमा अध्ययन गरिरहेका नरेन्द्रजङ् पिटरले नै अहिलेसम्म अलि बढी उनको बारेमा सार्वजनिक जानकारी दिंदै आएका छन्। उनले कामी बुढाको सशस्त्र क्रान्तिलाई ‘पहिलो कम्युनिष्ट सशस्त्र संघर्ष’ भनेका छन्। एकीकृत नेकपा माओवादीले हेटौडा महाधिवेशनबाट बुढालाई शहीद घोषणा गरेको छ। कामी बुढाको स्मृतिमा केही सहकारी संस्थाहरु दर्ता हुनुबाहेक अन्य सम्झनायोग्य अरु काम हुन सकेका छैनन् । हत्या भएको झण्डै ६ दशकपछि नेपाल मगर संघले रुकुम चाँपामा उहाँको शालिक स्थापना गरेको छ। त्यस्तै उहाँको जन्मस्थल चौखावाङ ८ खर्सुपानीमा एउटा पार्क निर्माण गरिएको छ भने उहाँ हुर्केबढेको चौखावाङ ५ हिलमा कामी बुढास्मृति भवन निर्माण हुँदैछ । पिटरका अनुसार मुक्ति सेनाका पश्चिम कमाण्डर रुपसिंह सिजापति ०७ सालको क्रान्तिपछाडि पश्चिम नेपालमा कम्युनिष्ट पार्टी गठन गर्ने अगुवा थिए भने सात सालको मुक्ति सेनाको नेतृत्व गर्दै दैलेख मुक्त गर्नेमा निर्मल लामा थिए । इतिहासप्रतिको चाख र वर्गसंघर्षमा सशस्त्र आन्दोलनको भूमिकाप्रति आकर्षण भनेको मजस्ता युवा कम्युनिष्टमा हुनु स्वाभाविकै थियो । त्यसै क्रममा कमरेड सिजापतिले निर्मल लामाको १५ साल दैलेखबाट उम्मेदवारी दिएको र उनको चुनावी समग्र ब्यवस्थापन भवानीप्रसाद शर्मा अधिकारीले गरेको, अधिकारी छापामार आन्दोलनका गुरिल्ला धनबहादुर शाही ९कामी बुढा०को सहयोद्धा भएको, शाहीको जुम्लामा हत्या भएको भन्ने सुनेपछि शाहीलाई पछ्याउन र थप जानकारीको लागि पनि शर्मालाई खोज्न आवश्यक पर्यो । त्यसबेला नेकपा मशालले पेरुको जनयुद्धका स्लाइड विभिन्न कमिटीहरुमा प्रचार गर्दा स्वयं आफ्नै देशका छापामारबारे जिज्ञासा बढ्नु पनि स्वाभाविकै हुन्थ्यो । त्यसै क्रममा एउटा पत्रिकामा कामी बुढाबारे नेत्रलाल अभागीको ९हुनुपर्छ० छोटो लेख पढ्न पाइयो । रुकुमका तारा घर्ती, देवीलाल गौतम र खड्गबहादुर बुढा ठेक्कापट्टाका क्रममा नेपालगञ्ज पुगे । सामान्य कुरा कामीका बारेमा चले । त्यसबेलासम्म पनि उनका सहयोद्धा भवानीप्रसाद शर्मासँग भने भेट हुन सकेको थिएन ।
०४८ को शुरुवातसँगै एकातर्फ संयुक्त जनमोर्चामार्पmत् एकता केन्द्रले राजनीतिक हस्तक्षेप गर्न थाल्यो भने रुकुम, रोल्पा र जाजरकोटमा ग्रामीण वर्गसंघर्षले तेज पक्रियो । त्यसैले तत्कालीन एकता केन्द्रका नेता बासुदेव गौतमले ग्रामीण वर्गसंघर्षका अगुवा रामबहादुर थापा ‘बादल’लाई ‘इमान्दार उग्रवादी’ भनेको प्रसंग अहिले पनि सम्झन पुग्छु । ग्रामीण वर्गसंघर्ष आफैमा छापामार आन्दोलनको अघोषित शुरुवात थियो भने अझ कामी बुढाको आवश्यकता आन्दोलनकर्तालाई बढ्यो । अभियानमय आन्दोलन बनाउने माओवादी परम्पराको थालनी सिज अभियानबाट थालिएर शक्ति केन्द्रिकरण रुकुम, रोल्पा र जाजरकोटमा हुन थाले । अभियानकर्तालाई बिदाइको चिनोमा पहिलोपटक कामी बुढाको फोटो उपहार दिइयो । कामी बुढाको उक्त टोप लगाएको फोटो दंगाली कलाकार रामचन्द्र श्रेष्ठले बनाएको पेन्टिङ हो भने त्यसैलाई फोटो खिचेर फोटो बनाउन रुकुमबाट कविराम केसी नेपालगञ्ज आएर इमेज कलर ल्यावबाट सयौं फोटो तयार गरिएको थियो ।

किंबदन्तीमा रहेका कामी बुढाको चर्चा त खुब भयो तर त्यो कथालाई ऐतिहासिक तथ्यमा ढाल्न आवश्यक थियो । आन्दोलनको ऊर्जा त इतिहासका कालखण्डका नायकहरु बन्थे । नायकले दिने, सहिदले दिने ऊर्जाले नै आन्दोलनका राप यत्रतत्र फैलिन्छन् । आत्माबल बढ्छ, प्रेरक पक्ष हुन्छन् । इतिहास र नायकलाई फेरि सम्झनु भनेको तत्कालीन समयले उनीहरुको ऊर्जा आवश्यकता पर्यो भन्नु हो । जनयुद्धको थालनीपूर्व दैलेख कार्यक्षेत्र लिएर प्रकाश सुवेदी गए । कमरेड सुवेदीसँग चौराठा वा नौमुलेमा कुनै भवानीप्रसाद शर्मा अधिकारी भन्ने सातसालकै क्रान्तिकारी छन्, उनीसँग सम्पर्क गरेर कामी बुढाबारे यथोचित जानकारी लिन आग्रह गरें ।
जनयुद्ध शुरु भइसकेपछिको दैलेख त्यसबेलासम्म रोहित समूहको पश्चिमेली गढ मानिन्थ्यो । प्रकाश कमरेडले शर्मालाई भेटेर कामीको बारेमा छलफल गर्नुभएछ र ‘तपाइँहरुले २००९र०१० सालमा शुरु गर्नु भएको जनयुद्ध अहिले माओवादीले शुरु गरेकाले सहयोग गर्नुस्’ भन्नुभएछ । त्यसको जवाफमा नेपाल मजदुर किसान पार्टीका सल्लाहकारसमेत रहेका शर्माले आफु प्रत्यक्ष सहभागी नभए पनि दैलेखी क्रान्तिकारी असल कम्युनिष्टहरुको सम्पर्क दिएर सहयोग गर्नुभएछ । त्यसको जीवन्त पात्र भनेका शर्मामात्रै हुन सक्थे । कमरेड सुवेदीले विमार शर्मालाई सपरिवार नेपालगञ्ज पठाउनुभएछ ।
दाङ हुलाकका बहिदार भवानीप्रसाद शर्मा अधिकारी गोपाल कर्माचार्यको प्रेरणाले राणाबिरोधी आन्दोलनमा होमिए । ००७ सालको आन्दोलनमा सहभागी अधिकारीको नेपाली कांग्रेससँगको मोहभंग भने ठूला जिम्दार भरतमणि शर्मालाई मन्त्री बनाउनु र बाँके–बर्दियामा भारतीय सेनाको प्रवेश रहेछ । आन्दोलनले गरिब र निमुखालाई हेर्दैन र हरेक क्रान्तिपछाडिका उपलब्धि ठूला ठालुले नै पाउँछन् भने क्रान्तिको अर्थ रहँदैन भन्ने सोच भएकै बेला उनको भारतीय सेनाका प्रशिक्षक समेत रहेका विद्रोही कामी बुढासँग ००८ मा दाङमा भेट भएको रहेछ । त्यसबेलासम्म डा। के आई सिंह प्रकरणले कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लागिसकेको हुँदा पश्चिमको कम्युनिष्ट नेतृत्व कमलराज रेग्मीको सम्पर्कमा उनीहरु दुबै पाल्पा पुगेछन् र रेग्मीसँग कम्युनिष्ट आन्दोलनमा सशस्त्र संघर्षको अनिवार्यताबारे छलफल भएछ । तर रेग्मीले उनीहरुलाई किसान संघको सदस्यता रसिद दिएर पठाएछन् । रेग्मी अहिले पनि पार्टी सहयोगका लागि हुलाक टिकट दिएको सम्झन्छन् ।
कामी र भवानीको जोडी पाल्पाबाट प्युठान, रोल्पा, सल्यान, रुकुम हुँदै जाली, फटाहा, सुदखोर र अन्यायीबिरुद्ध कारवाही गर्दै अगाडि बढेछ । उनीहरुको पहिलो ठूलो कारवाही थुनी ताइवाङमा रहेको जिम्वाल हेमजंग मल्लको कचहरी घर परेछ । किसानहरुको जमघट भेला गर्दै रातो अबिर लगाइदिँदै किसान मार्च पश्चिम बढ्दै दैलेखबाट हाउडी नेटा काट्दै जुम्लाको कुडारीको जंगलमा किसान सभा भएछ । अहिले पनि तिला फाँटका बृद्धहरु राता झण्डा फहराएर धनबहादुर शाही कामी बुढाको आमसभा सम्झने गर्छन् । सो किसान मार्च हुम्ला पुगेपछि भने स्थानीय जिम्वाल गोरे रावत र पुलिसले पक्रिएर १६ जनाको क्रान्तिकारी किसान समूहलाई पाता फर्काएर तत्कालीन कर्णालीको मुख्य अड्डा चौभान हालको जुम्ला खलंगा पुर्याएछन् ।
कर्णाली प्रदेशमा कतै शेर सिंह, कतै धनबहादुर शाही भनिने कामी बुढाको डायरीमा पाल्पामा भेटेका कमलराज रेग्मीको नाम रहेकाले उनलाई पनि अड्डासार गर्दै राज्य विप्लवको आरोपमा जुम्ला पुर्याइएछ । भवानी शर्माका अनुसार कामीको हत्या जुम्लाको चौभान जेलमा २०१० साल असोजको फूलपातीको दिनमा भएको हो । कामी बुढाको हत्यापछि सँगै रहेका भवानी शर्मालाई ‘तँ त बाहुनको छोरा परिस् मार्न मिलेन’ भनेर जुम्लाको सिमाना कटाइएको थियो ।
नरेन्द्रजंग पिटर इतिहास छोड्न पनि नसक्नु दह्रोसँग समात्न पनि नसक्नु विभाजित माओवादीको समस्या हो । जनयुद्ध थालनीको धेरै वर्ष बिते । जनयुद्ध, माओवादी, क्रमभंगः हस्तक्षेप, छलाङ, पहिचान, समानुपातिक, सहभागितामूलकजस्ता शब्द अब नेपाली शब्दकोश वा इतिहासमा चाहेर वा नचाहेर, आस्था, सम्मान वा घृणा जे जसरी भए पनि भुल्नै नसक्ने भए । तर, जनयुद्धको पहिलो प्रेरक र चिहानबाट सदा माओवादीलाई ललकार्ने को थियो त जसबाट माओवादीले जनयुद्धको प्रेरणा लियो र उनलाई चिहान खोतलेर आफ्नो कमान्डर बनायो । आखिर जनयुद्धको चिहानबाट कुर्लंदै ललकार्ने पहिलो माओवादी कामी बुढा नै हुन् । विस्मृतिका चिहानमा पुरिएका कामीलाई माओवादीले चिहान खोतलेर जनयुद्धको ऐतिहासिक ऊर्जा पाए र लिए । हरेक विद्रोह, आन्दोलन वा क्रान्तिलाई इतिहास आवश्यक हुन्छ । चिहानमा पुरिएका नायक उत्प्रेरक हुन्छन्, इच्छाशक्ति दिन्छन्, नैतिक अपिल गर्ने दृष्टान्त बन्छन् । माओवादीले जनयुद्ध थालनीपूर्व संसारमै पराजित विद्रोहहरू, विशेष गरेर पेरुको कम्युनिस्ट विद्रोह, चारु मुजिमदार नेतृत्वको भारतीय नक्सल विद्रोह त अध्ययन गर्यो नै, विभिन्न कालखण्डमा चलेका किसान संघर्ष र विद्रोहलाई सूक्ष्म नियाल्यो ।
सफलताभन्दा असफलताको मिहिन अध्ययन गर्यो । त्यसमध्ये मुख्य विषय बन्यो– पहिलो दशकमा कर्णाली प्रदेशमा भएको कामी बुढा नेतृत्वको सशक्त, सशस्त्र विद्रोह र सहादतलाई । कामी बुढा र भीमदत्त पन्त चिहानबाट कमान्डिङ गर्ने माओवादी जनयुद्धका सहिद कमान्डर बने । रुकुम चौखावाङ–८, खर्सुपानीमा १९७८ सालमा जन्मिएका कामी बुढा मगरका बाबु खिन्तु बुढा र आमाको नाम मंगली बुढा हो । भारतीय सेनामा काम गर्दा उनले सैन्य शिक्षा फस्टक्लास पास गरेकाले सेनाको प्रशिक्षक पनि बने । उनको कार्यथलो कलकत्ता थियो । त्यो काल दोस्रो विश्वयुद्ध, भारत–पाक विभाजन, बङ्गालको अनिकाल, विभाजनको त्रासदी, त्यसका राजनीतिक र मानवीय प्रभावले उनी सचेत हुँदै गए । एक सैन्य प्रशिक्षक भएकाले मातहत उच्च वर्गबाट आउने प्रशिक्षार्थीहरूको व्यवहारले पनि उनलाई नयाँ सोच्न बाध्य बनायो । विभाजनको चपेटामा परेको भारतमा हिन्दू–मुस्लिमको धार्मिक हिंसा, तेलङ्गाना किसान विद्रोह, त्यसमा कम्युनिस्ट पार्टीको नेतृत्व र भूमिका, भारतीय राष्ट्रवादको भावनात्मक असर उनमा पर्दै गयो । सामाजिक असमानता र शोषण–दमन त गाउँमा भोगेकै थिए । रुकुम र कलकत्ता, अन्यन्त्रका उत्पीडनकारीको चरित्र चंख कामी बुढाले दाँजे र बुझे । केही गर्नुपर्छ भन्ने विद्रोही मानवतावादी सोच पलायो । त्यसैले उनी नेपाली क्रान्तिमा सामेल हुन नेपाल फर्किए । भूमिकामा कामी बुढा नेपाल फर्किएपछि ०७ को आन्दोलनमा उनी सिउराज भैरहवा क्षेत्रमा डा। केआई सिंहको नेतृत्वको मुक्ति सेनामा सहभागी भए । दिल्ली सम्झौताले गर्दा सशस्त्र विद्रोह एकाएक रोकियो । उक्त सम्झौताको विरोधका अगुवा डा। सिंह पनि गिरफ्तारीमा परे । सत्ता त फेरियो, तर राजनीतिक, आर्थिक र सामाजिक कुनै परिवर्तनको छाँटकाँट भने उनले देखेनन् । त्यसैले कम्युनिस्ट पार्टीको खोजीमा लागे । दैलेख चौराठा घर भई दाङमा हुलाकका बहिदार भवानीप्रसाद शर्मा अधिकारीसँगै नेतृत्व खोजीमा पाल्पा हानिए । त्यसवेला कम्युनिस्ट पार्टीको कर्णाली प्रदेश इन्चार्जमा शैलेन्द्रकुमार उपाध्याय थिए भने सेक्रेटरीमा पाल्पाका कमलराज रेग्मी । पार्टीमा प्रतिबन्ध लागिसकेकाले रेग्मीको निर्देशनमा कामी बुढा र भवानीप्रसाद शर्मालाई पार्टी भूमिगत राख्दै किसान सङ्गठनको नाममा भूमिका निर्वाह गर्न पश्चिम कार्यक्षेत्र पठाइयो ।
तर, कामी किसान आन्दोलनमार्फत विद्रोहको नेतृत्व गर्दै प्युठान ९आजको रोल्पा पनी त्यसवेला प्युठानमै थियो०, सल्यान ९आजको रुकुमको भूगोल पनि त्यसवेला सल्यानमै थियो०, दैलेख, जुम्ला र हुम्ला पुग्छन् । नाम कामी बुढा भए पनि उनी भारतीय सेनामा कमानसिंह बुढा, दैलेखमा धनबहादुर चन्द र जुम्ला–हुम्लामा शेरसिंह, धनबहादुर शाही भनेर चिनिए । विद्रोहको राप र ताप पहिला राज्यले चालै पाएन, वास्तै गरेन, जब विद्रोह फैलिँदै गयो, तब ००९ कात्तिकमा हुम्लामा उनको फौजलाई सत्ता र स्थानीय ठालु मुने रावतको अगुवाइमा गिरफ्तार गरी जुम्लाको सदरमुकाम चौभानमा पुर्या इयो । उनीसँगै जुम्ला–चौभान ल्याइनेमा १९ जना बन्दी थिए । अन्यलाई सामान्यजन भनेर छाडे पनि कामी बुढा र भवानीप्रसाद शर्मा अधिकारी भने जेल चलान भए । जुम्लामा पनि १५ जना कार्यकर्ता गिरफ्तारीमा परेर ६ महिना बन्दी बनाइए । जुम्लामा अझैै भनाइ छः अन्त प्रजातन्त्र ००७ सालमा आयो तर जुम्लामा भने ००९ सालमा । जुम्लाको कुडारीमा सङ्गठन गरी हुम्ला लागेका कामी बुढा हुम्लाबाट चौभान ल्याइएपछि जुम्लाका गाउँबाट गिरफ्तार भएका हुन् । उनीहरूलाई रासन पु¥याउने, हाल कुडारी जुम्लाका ८५ वर्षीय रनबहादुर शाही कामी र उनको विद्रोह अझै सम्झन्छन् । जुम्लीबन्दीहरूमा दीपबहादुर शाही, दलबहादुर शाही, धनञ्जय पाध्या, दलनाथ योगी, रामनाथ योगी, निलु तिरुवा, आदित्यनाथ योगी, खुस्मल शाही, गजबहादुर शाही, शिवनाथ पाध्या, पुरीचन्द जैशी, बालचन्द जैशी ६ महिनापछि वैशाख ०१० मा जेलमुक्त भए ।

तीमध्येका दलबहादुर शाहीको भने सोही यातनाका कारण दुई महिनापछि मृत्यु भएको रनबहादुरको भनाइ छ । त्यही ०१० को दसँैको फुलपातीका दिनमा कामी बुढाको हत्या भयो । भवानीप्रसादलाई भने जुम्ला डाँडा कटाइयो । त्यसवेला जुम्लाका बडाहाकिम श्रीबहादुर खत्री र वनहाकिम कोमलदत्त तिवारी थिए । पाल्पामा बडाहाकिम तारकबहादुर शाह, प्युठानका प्रतिमान चन्द बोहरा, सल्यानमा खाँड ठकुरी, दैलेखमा भुवनविक्रम शाह थिए । कामी बुढाको राजनीतिक दृढता र संस्कृति कामी बुढा नेपालमा पहिलो कम्युनिस्ट हुन्, जसले हतियारले टिकेको सत्तालाई बन्दुकले नै पल्टाउनुपर्छ भनेर किसान विद्रोहको आधारमा स्थानीय सत्ताका जरा काट्दै गए । यो संघर्षको स्वरूप स्थानीय सामन्त र राज्य दुवैका विरुद्ध केन्द्रित थियो । विद्रोह कर्णाली प्रदेशभरि नै फैलिएको र राजनीतिक प्रकृतिको सचेत थियो । गिरफ्तार भएपछि सबै क्रियाकलापको जिम्मेवार आफू नै हुँ भनेर उनले सम्पूर्ण जिम्मा लिए । माफी मागेर बाँच्न चाहेनन् । जेलमा पनि विद्रोही आदर्श देखाउँदै राजनीतिक दृढता कायम राखे । राज्यले उनको गतिविधिलाई दबाउन स्थानीय ठालु, जिम्बल, थरी, मुखियाहरूसँगै संयुक्त अभियान नै चाल्यो । विद्रोह फैलिएको क्षेत्रमा थुप्रै किसान गिरफ्तार भए । रुकुमका स्थानीय ठालु होमजंग मल्ल र उदयराम पुनहरूले त आफैँ गिरफ्तार पनि गराउने र गिरफ्तार गरिएका किसानहरू हरेकसँग नौबिस ९रु।१८०० जरिवाना पनि गरे ।

हरेक जिल्लामा ४०–५० किसान गिरफ्तार गरिएको देखेको कामी बुढा विद्रोह–प्रकरणमा पाल्पाबाट जुम्ला चलान गरिएका कम्युनिस्ट पार्टीका प्रदेश सेक्रेटरी रेग्मीको भनाइ छ । भारतीय सेनाबाट घर फर्कंदा दुई थान राइफल र गोलीगठ्ठा ल्याउनु, ‘अब तिमी हामी सबै कम्युनिस्ट बन्नुपर्छ’, ‘आफ्से आफ राजा’ घरबाट विदा हुँदा ‘या त म जितेर फर्कन्छु, नत्र रातो अक्षरले लेखेको चिठी लिएर मेरा साथी आउनेछन्’ भन्नु । कम्युनिस्ट बनाउँदा अबिरको टीको लगाइदिनु र भेला कार्यक्रममा रातो झन्डा फरफराउनुुले कामीको सैद्धान्तिक भूमिकाप्रतिको दृढ निश्चिततालाई पुष्टि गर्छ । आफ्नो वर्गप्रतिको प्रेम र वर्ग दुश्मनप्रतिको चरम घृणा उनमा देखिन्छ । उनले सुरुवात गरेको वर्गसंघर्ष अर्थात् सशक्त र सशस्त्र आन्दोलनलाई नेपालको कम्युनिस्ट आन्दोलनले मात्र होइन, प्रजातन्त्रवादी आन्दोलनले पनि पछ्यायो । कांग्रेसको विभिन्न कालखण्डमा भएका सशस्त्र संघर्षका साथै कम्युनिस्ट नेतृत्वमा झापा विद्रोह, हर्रेबर्रे संघर्ष, जुठपानी, जुगेडी किसान विद्रोह र जनयुद्ध त्यसैको निरन्तरता हो ।

इतिहासका साक्षीहरू उनका बारे देखी–जान्ने सुनी–जान्नेमा उनका सहयोद्धा भवानीप्रसाद शर्मा अधिकारी सबभन्दा महत्वपूर्ण सूत्र यस पंक्तिकारलाई बने । उनी ०५३ मा नेपालगन्जमा पंक्तिकारकै निवासमा एक महिना पाहुना थिए । सोही मुद्दामा पाल्पाबाट जुम्ला चलान गरिएका प्रदेश सेक्रेटरी एवं ०१५ मा पाल्पाबाट कम्युनिस्ट पार्टीबाट निर्वाचित कमलराज रेग्मी दोस्रा साक्षी हुन् । उनैले पार्टी सदस्यता कामी बुढा र भवानीलाई दिएका थिए । तेस्रा साक्षी तीर्थबहादुर थैब श्रेष्ठ रेग्मीसँगै जुम्ला गएका थिए, उनी अहिले गुल्मी रिडी बजारमै छन् । बन्दी किसानलाई रासन पु¥याउन जाने ८५ वर्षीय रणबहादुर शाही जुम्ला कुँडारीमा अझै छन् । तत्कालीन जुम्ला जिल्ला अदालतका कर्मचारी, पूर्वमन्त्री एवं राजपरिषद् स्थायी समिति सदस्य दिवंगत अदानसिंह कठायतले आफ्नो स्मरण गरेका छन् । भारतीय सेनादेखि विद्रोहसम्म साथै रहेका नरबहादुर बुढा मात्रै हैन, टेकबहादुर पुनका स्मरण पनि लिखित दस्ताबेज बनेका छन् । लोककथामा त इतिहास ज्युँदै रहेको छ । नेत्रलाल अभागी र शंकर पोखरेलले पनि विभिन्न प्रसंगमा यो विषय समेटेका छन् । तेजेन्द्र खाम मगरले ‘कामी बुढा मगरको जीवनी’ पुस्तक लेखेका छन् । कामी बुढाबारे नै थेसिस दाङका पत्रकार नरेन्द्र केसीले गर्दै छन् ।

नेकपा –एकता केन्द्र० को रुकुम जिल्ला कमिटीको बैठकमा पार्टी सचिव एवं जनमोर्चाका निर्वाचित सांसद खड्गबहादुर बुढाको प्रस्ताव र मोहन वैद्य किरण एवम् रामबहादुर थापा ‘बादल’ को उपस्थितिमा उनलाई सहिद घोषणा गर्ने पहिलो प्रस्ताव पारित गरिएको थियो । जनयुद्धको थालनीपूर्वको अन्तिम विस्तारित बैठकले कामी बुढालाई जनयुद्धको प्रेरणा–स्रोत मानेको छ । एकीकृत नेकपा ९माओवादी०को हेटौंडामा सम्पन्न एकताको सातौँ महाधिवेशनले उनलाई सहिद घोषणा गरेको छ । रुकुम खलंगाको शीतलपोखरीमा ०६५ मा उनको सालिक निर्माण भएको छ । सो सालिकको अनावरण वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०६८ मंसिर २० गते गरेका हुन् । कामी बुढा अध्ययन समाज स्थापना गरेर स्मृति दिवस पनि मनाइँदै आएको छ । इतिहासको उत्खनन कामीको जीवन विद्रोही लोककथामा रहेको श्रुति इतिहास त थियो नै, यसले अक्षर आकार भने लिन पाएको थिएन । रुकुमका कम्युनिस्टहरूले सहिदको चिहान खोतल्ने प्रयास गरेकै थिए । ४० को दशकमा सन्देश समूहका अगुवा नेत्रलाल अभागीले उत्खननको श्री गणेश गरे । २०४४–४५ मा यस पंक्तिकारले पनि खोजी अध्ययन गर्न थाल्यो । विभिन्न सन्दर्भ र आन्दोलनको औचित्य पुष्टि गर्न नेकपा ९माले०का नेताले पनि उनको अनुसरण गरेका थिए । अकाट्य प्रमाण भनेकोे तत्कालीन कम्युनिस्ट पार्टीका कर्णाली प्रदेश सेक्रेटरी कमलराज रेग्मीद्वारा लिखत ‘आमा, पाल्पा र म’ नामक पुस्तक हो ।

तर, विषयकेन्द्रित घनीभूत कार्य भने माओवादी आन्दोलनले सहिदहरूको चिहान खोतल्न थालेपछि मात्रै भएको हो । चिहानको ललकारले चर्चा किन पाएन रु उस्तै प्रकृतिका आन्दोलन गरेका भीमदत्त पन्तको चर्चा भए पनि कामी बुढा किन गुमनाम भएका होलान् भन्ने जिज्ञासा बढ्नु स्वाभाविकै हो । पन्तको विद्रोह भूभाग तराईसँग जोडिएको, विद्रोह दबाउन नेपाल–भारतको संयुक्त सैन्य अभियान चलेको, उनी ०७ पश्चात पहिलो डडेल्धुराका बडाहाकिम भएको, शिक्षितजनहरू पनि विद्रोहमा सामेल रहेको र त्यहाँका ठालुहरूसँग केन्द्रीय सत्ताको सीधा सम्बन्ध रहेको, उनको टाउको काटेर तीन दिन सार्वजनिक प्रदर्शन गरिएकाले पनि पन्तको विद्रोहको सौन्दर्यीकरण हुन पाएको हो । यसबारे राजनीतिक पार्टी र मिडियाले तत्कालीन चासो नदेखाउन वा बहसको विषय बन्न नसक्नुका कारणमध्ये भौगोलिक जटिलता र विकटता, विद्रोही क्षेत्र मुख्य सहर र राजधानीबाट सुदूर भूगोलमा हुनु, त्यसपछिको नेतृत्वमा क्रान्तिमा बल प्रयोगको सिद्धान्तलाई मन, वचन र कर्मले स्वीकार नगरिनु, सो इतिहासको हकवाला कम्युनिस्ट पार्टीमै शान्तिपूर्ण वर्गसंघर्षको अभ्यास कार्यनीतिमा रहनु, विद्रोहकालमा विद्रोहको सौन्दर्यीकरण गर्ने क्रान्तिकारी चेतका बौद्धिक जमातको उपस्थितिको अभाव, क्रान्तिको प्रचार गरेमा आफू ओझेलमा परिने, त्यसपछिका कम्युनिस्ट नेतृत्वमा भयग्रन्थी पलाउनु आदि रहे । अन्त्यमा जनयुद्ध थाल्दाको माओवादी पार्टी सगोलमा निर्मम समीक्षा नै नगरी फुटेर चारवटा भए । डा। बाबुराम भट्टराई कम्युनिस्ट पार्टी र दर्शनबाटै अलग भए भने विप्लवले आफ्नो पार्टीको नामबाटै माओवादी पदावली हटाउँदै छन् । अब भने समग्र माओवादी जनयुद्ध नै इतिहास समीक्षाकालबाट गुज्रिँदै छ । नेपाली राज्यसत्ताको चरित्रै फेर्ने र सामाजिक, सांस्कृतिक आन्दोलन बनेर सोचमै हस्तक्षेप गर्न सकेको जनयुद्धमाथि प्रतिध्रुवीय अनेकौँ प्रश्न, जिज्ञासा, भ्रम र आशंका उठेका छन् । त्यसको यथोचित जवाफ दिन भने कुनै घटक तयार छैन । आखिर जनयुद्धले थालनीताका जुन स्प्रिट, प्रतिबद्धता र लक्ष्य तय गरेको थियो, त्यसको अहिले वास्तविक हकवाला को भनेर स्पष्ट भन्न सक्ने अवस्था भने छैन ।

Nabintech