५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बणिज्य महासघको निर्वाचमा बाँकेबाट २ केन्द्रीय सदस्यको उम्मेदवार

कोहलपुरबाट अधिकारी र नेपालगंजबाट बैश्य



नेपाल उद्योग बाणिज्य महाँसघको आगामि चुनावमा बाँके बाट २ जना केन्द्रीय सदस्यमा पतिश्प्रर्धा गर्ने तयारी गरेका छन । नेपालगंज उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष नन्द लाल बैश्य र कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्र अधिकारी महाँसघको नेतृत्वका लागि बरिष्ट उपाध्यक्ष ढकाल समुहवाट चुनाव लडने गरि अभियानमा होमिएका छन । कोहलपुर उद्योग वाणिज्य सघका अध्यक्ष चक्र अधिकारीले बरिष्ट उपाध्यष चन्द्र ढकाल समुहबाट खुला तर्फको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिन लागेको बताए । चुनाबि अभियान अन्तरगत बरिष्ट उपाध्यक्षका उम्मेदवार ढकाल सहित आफुहरु ६० जिल्लामा भेटघाट सम्पन्न गरेको उनले बताए ।स्थानिय व्यावासयीको समस्या समाधानका लागि आफ्नो उम्मेदवारी रहने नयाँकोर्सलाई बताए । नयाँकोर्ससंगको टेलिफोन कुराकानिमा उनले आफु अभियानकै क्रममा दाङमा रहेको बताए ।
नेपालगंज उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्य पनि ढकाल समुहबाट खुल्ला तर्फ केन्द्रीय सदस्यको तयारीमा रहेको जानकारी दिए । बैश्यले प्रदेश १ र २ का अधिकाँस जिल्लाको भेटघाट सम्पन्न गरेको नयाँ कोर्ष लाई जानकारी दिए । उनले मोफसलका व्यवसायिको समस्या समाधानका लागि आफु केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको बताए । उनले आफु हाल प्रदेश नं २ का जिल्लाको भेटघाट सकेको उनले जानकारी दिए ।
यहि चैत्र २९ गते हुने निर्वाचनमा जिल्ला तथा नगरका गरि १ सय ६ शाखा अध्यक्षहरु चुनावमा सहभागि हुने छन ।

जिल्ला तथा नगर तर्फ ३५ सदस्यीय कार्यसमितिमा १८ खुला र प्रदेश बाट २/२ जनाका छनोटका लागि निर्वाचन हुने बताईएको छ । थप सदस्य एसोसियट र बस्तुगत बाट छानिने बताईएको छ ।

Nabintech