२७ भाद्र ,कोहलपुर / बाँकेमा शनिवार ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा ३७ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार शनिवार थपिएका संक्रमितमध्ये भुमि सुधार तथा मालपोत कार्यालय नेपालगञ्जका लेखा अधिकृतसहित ८ जना कर्मचारी रहेका छन् भने ७ जना सेवाग्राही रहेका छन् ।
त्यसैगरी नयाँ संक्रमितहरुमध्ये नेपालगञ्जका १५, कोहलपुरका ४ , राप्तीसोनारीका १, बर्दियाका २ तथा दाङ र सखुवासभाका एकएक जना गरी ३७ जना थपिएका छन् ।