१७ श्रावण २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
प्रदेश ५ को कृषि मन्त्रालयल बाट १ सय ७७ जना कर्मचारी को माग


२७ भाद्र ,कोहलपुर/  भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ ले ठुलो मात्रामा कृषि प्राविधिक को माग गरेको छ । मन्त्रालयले सूचना प्रकाशन गरी १ सय ७७ जना अधिकृत स्तर देखि सहायक र जेटिए सम्मका कर्मचारीहरु माग गरेको हो ।

भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ ले सञ्चालन गरिरहेको कोभिड विशेष कृषि कार्यक्रमका लागि ति कर्मचारीहरु करारमा माग गरिएको मन्त्रालयका अधिकृत ज्ञानहरी पन्थी ले जाानकारी दिए । प्रदेश ५ अन्तर्गतका हरेक १०९ वटा स्थानीय तहमा एक जना कृषि प्राविधिक नियुक्ति गर्न लागिएको हो ।प्रदेश ५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सिर्जना गरेको अस्थायी दरवन्दी र रिक्त स्थानमा समेत थप ६८ जना कृषि कर्मचारी भर्ना गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

कर्मचारीको छनोट अन्तर्वार्ताका माध्यमबाट गरिने छ । यसका लागि शैक्षिक प्रमाणपत्रलाई भने मुख्य आधार मानिने मन्त्रालयले जनाएको छ । शैक्षिक प्रमाणपत्रलाइ ५० प्रतिशत

अंकभार दिएर प्रतिस्पर्धीको मूल्यांकन गरिने भएको छ ।

Nabintech