३० आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोरोनाले मस्तिष्कमा पनि आक्रमण गर्छ (रिपोर्टसहित)


२७ भाद्र ,कोहलपुर/  कोरोना भाइरस (कोभिड -१९) ले फोक्सोमा आक्रमण गर्छ भन्ने विषय त सबैलाई जानकारी नै छ । तर कोरोना भाइरसको आक्रमण यतिमा मात्रै सिमित छैन । अर्थात भाइरसले फोक्सोमा बाहेक मृगौला, कलेजो र मुटुका भल्भमा पनि आक्रमण गर्छ ।यस विषयमा अध्ययन गरिरहेका वैज्ञानिकहरुले कोरोना भाइरसले मानव मस्तिष्कमा पनि गम्भीर रुपमा आक्रमण गर्ने तथ्य पत्ता लगाएका छन ।

यही कारणले कोरोना संक्रमित विरामीमा अधिक टाउको दुख्ने, दुखाइका कारण बेहोससमेत हुने र केही विरामीमा त बिर्सने र नचिन्ने समस्या पनि आउँछ ।

अमेरिकाको येले स्कुल अफ मेडिसिनका अनुशन्धानकर्ता तथा ईम्युनोलोजिस्ट डाक्टर अकिको ईवासाकीले बताएर अनुसार कोरोना भाइरसले मानव मस्तिष्कका कोशिकाहरुमा प्रवेश गरी आफ्नो संख्या बढाउने पुष्ट प्रमाण फेला परेको छ ।मस्तिष्कका कोशिकाहरुमा आफ्नो संख्या बढाएसंगै कोरोना भाइरसले त्यहाँ रहेको अक्सिजन सिध्याइदिन्छ । जसले गर्दा त्यहाँका कोशिकाहरु मर्न थाल्छन ।

वैज्ञानिकहरुले यस बारे तीन प्रकारको अध्ययन गरेका छन । पहिलो हो, प्रयोगशालामा निर्माण गरीएको सानो मस्तिष्कमा कोरोना भाइरस संक्रमित गराएर ।

त्यस्तै मुसाको प्रयोग र तेस्रोमा कोरोना संक्रमित विरामीको मस्तिष्कमा रहेका भाइरसका मृत टिस्युहरुका बारेमा अध्ययन गरेकाे न्युयोर्क टाइम्सले जनाएको छ ।

Nabintech