४ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
प्रहरी हिरासतमा दलित युवकको रहस्यमय मृत्यु : छानबिन समिति गठन


२७ भाद्र ,कोहलपुर/  जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका एक युवकको शुक्रबार बिहान मृत्यु भएको घटना छानबिन गर्न छानबिन समिति गठन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सुदूरपश्चिम प्रदेश प्रहरी गण मुख्यालयका एसपी राजीव बस्नेतको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिलाई सात दिनको म्याद दिइएको एसपी बस्नेतले बताएका छन् । चोरीको अभियोगमा चार दिनअघि भदौ २२ गते धनगढी ५ का १९ वर्षीय रोशन विकलाई पक्राउ गरी प्रहरीले थुनुवा कक्षमा राखेको थियो ।

roshan2शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी प्रतीक विष्टले ती युवाले शौचालयभित्र झुन्डिएर आत्महत्या गरेको बताएका थिए ।रोशनले हिरासतमा रहेकै बेला आत्महत्या गरेको खबर बाहिरिएसँगै उनका आफन्तहरु आक्रोशित भएका थिए ।roshanbkkआक्रोशित समूहले सुरुमा समाचार प्रकाशन गर्ने धनगढीस्थित दिनेश एमएफएमको कार्यालयभित्रै पसेर सञ्चारकर्मीहरुमाथि हातपात गरेका थिए ।त्यसपछि उत्तेजित समूहले जिल्ला प्रहरी कार्यालयको गेटमा गएर रोशनको मृत्यु आत्महत्या नभई हत्या भएको भन्दै केहीबेर नाराबाजी गरेका थिए ।अवस्था नियन्त्रण बाहिर जाने अवस्था आएपछि प्रहरीले छानबिन समिति गठन गरेको हो ।तर मृतक बिकका बुवा टेकबहादुर बिकले आफ्नो छोरोको आत्महत्या नभएर कुटपिट गरेर हत्या गरेको आरोप लगाएका छन् ।

मृतक बिककी आमा मनु बिकले छोरालाई मारेको भन्दै यसको सत्यतथ्य छानबिन हुनुपर्ने बताए ।

Nabintech