३१ जेष्ठ २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोरोना परीक्षणमा नेगेटिभ नतिजा आएकाहरुको अब मोबाइलमै जानकारी


नेपालगञ्ज / कोरोना टेष्टका लागि स्वाब दिएका व्यक्तिको पिसिआर रिपोर्ट अब एसएमएसमार्फत मोबाइलमै आउने भएको छ । भेरी अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण गरेका व्यक्तिको नतिजा नेगेटिभ आएमा मोबाइलमा जानकारी दिने व्यवस्था मिलाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले अस्पतालले एसएमएस मार्फत रिपोर्ट नेगेटिभ आएका व्यक्तिहरुको मात्र मोबाइलमा जानकारी दिने र त्यहीँ लिंक खोलेर प्रिन्ट गर्न सक्नेगरी व्यवस्था मिलाइएको बताए ।

दुई दिनअघिदेखि यो सेवा सुरु भइसकेको छ । नेगेटिभ रिपोर्ट आएका व्यक्तिहरुले अहिलेसम्म स्वास्थ्य कार्यालयमा फोन सम्पर्क गरी जानकारी लिने गरेका थिए । पोजेटिभ रिपोर्ट आएकाहरुको अस्पतालले आफ्नो फेसबुक पेज मार्फत जानकारी गराउँदै आएको थियो ।

Nabintech