६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा शिक्षण समिति प्रमुखहरु तोकियो


मध्यपश्चिम विश्वविद्यालय अन्तरगको वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा शिक्षण समिति अध्यक्ष (विभागिय प्रमुख) हरु तोकिएको छ । क्याम्पसमा अध्यापनरत प्रध्यापकहरुलाई क्याम्पसको शिक्षण समिति अध्यक्ष (विभागिय प्रमुख)हरु तोकिएको क्याम्पसले जानकारी दिएको हो ।
क्याम्पसले मानविकी तथा सामाजिक शास्त्र शिक्षण समिति प्रमुखमा रमेश चन्द्र अधिकारी, व्यवस्थापन शिक्षण समिति प्रमुखमा ध्रुब कुमार अधिकारी, स्वास्थ्य शारिरीक तथा जनसंख्या शिक्षण समिति प्रमुखमा ज्ञानेन्द्र शाहीलाई तोकेको छ ।
यसैगरी अङ्ग्रेजी शिक्षण समिति प्रमुखमा अनुप शाही , नेपाली शिक्षण समिति प्रमुखमा खोपिराम वली क्षेत्री तथा पाठ्यक्रम तथा मूल्याकंन शिक्षण समिति प्रमुखमा एकराज शर्मालाई तोकेको छ ।

Nabintech