४ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेकपाले विपन्नलाई खाद्यान्न सहयोग गर्यो


कोहलपुर (बाँके)/नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाँके क्षेत्र नं १ को क्षेत्रीय कमिटीले राहात स्वरुप खाद्यान्न वितरण गरेको छ । कमिटीले राप्तीसोनारी गाउँपालिका वडा नं ६ का अतिविपन्नहरुलाई राहात स्वरुप खाद्यान्न वितरण गरेको नेकपाका नेता तथा क्षेत्रीय कमिटीका संयोजक सुर्य ढकालले बताए ।
राप्तीसोनारी गाउँपालिका वडा नं ६ का करिव २ सय ३१ जना अतिविपन्नहरुलाई दाल,चामल,नून,तेल र सावुन वितरण गरिएको हो । कोरोना भाईरसका कारण सरकारले गरेको बन्दाबन्दीले घरमा चुलो बाल्न समस्या भएका अतिविपन्नहरुलाई राहात स्वरुप सो खाद्यान्न बाडिएको संयोजक ढकालले बताए ।

Nabintech