८ आश्विन २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बैकल्पीक पेशाको खोजिमा बादी समुदाय


कोहलपुर (बाँके)/ राप्तीसोनारी गाउँपालिका वडा नं २ का ६५ बर्षिय रत्न बादिको दैनिकी फेरीएको छ । दैनिक खोलामा माछा मार्ने र मादल बनाएर बिक्रि गदै जिबिको पार्जन गर्दै आएका रत्न जिवन निर्वाहका लागि हाल बैकल्पीक पेशा गर्न बाध्य भएका छन ।
रत्न हाल दैनिक ज्यालादारीको काम समेत गरेर गुजारा गर्दै आएका छन । बिद्युतिय मनोरञ्जनको साधनको प्रयोग संगै आफ्नो परम्परागत पेशा संकटमा परेको उनको बुझाई छ । चाडपर्व या अन्य सास्कृतिक कार्यक्रममा समेत साउण्ड सिस्टम , टेलिभिजनको प्रयोग गाउँ सम्म बढदै गएकाले मादल लगायतका समाग्रीको प्रयोग कम हुदै गएको उनि बताउँछन । थारु समुदायको केही धार्मिक कार्यमा बाहेक अन्य कार्यमा मादलको प्रयोग शुन्य रहेको उनको बुझाई छ ।
६५ बसन्त पार गरेका रत्न बर्षमा ५० देखि १ सय नयाँ मादल निर्माण र सोही संख्यामा मादल र्ममत गर्ने गरेकामा सो दर ह्वातै घटेको उनले बताए ।
रत्नका अनुसार हाल आएर बार्षिक १० ओटमा मादल मात्रै निर्माण या मर्मत गर्ने गरेको बताउछन ।
एक मादल निर्माण गरेको ३ हजार र मादल मर्मत गरेको १ हजार ५ सय सम्म लिने गरेका रत्नको जिवन निर्वाहको श्रोत घटेको छ । मादलको प्रयोग घटनुका साथै मादल बनाउने काठ समेत पाउन मुस्किल भएको उनको भनाई छ । बाँके राष्ट्रिय निकुञ्ज निर्माण भए संगै काठ पाउन मुस्किल भएको उनको भनाई छ ।
मादल बनाउने मात्रै होईन बादि समुदायको पुखौली पेशा माछा मार्ने व्यवसाय पनि संकटमा छ ।
बिगतमा जस्तो नदिहरुमा माछा पाउन छाडेको र राष्ट्रिय निकुञ्ज निर्माण भए संगै माछा मार्ने लाईसेन्स बनाउनु पर्ने कारणले पेशा संकटमा पर्दै गएको हो ।
बिगतमा राप्ती नदिमा ५० किलो सम्मका माछा मार्ने गरेको र हाल ठुला माछाहरु पाउन छाडेको उनको भनाई छ ।
नदीमा साना माछा मात्रै पाउने गरेकोले जिवन निर्वाहका लागी बैकल्पीक पेशा गर्न बाध्य भएको रत्न बताउछन । रत्त जस्तै बाँकेको राप्ती सोनारी २ अघैयामा १ दर्जन बादी समुदाय परिवारको बसोवास छ । उनिहरुको मुख्य पेशा मादल बनाउने र माछा मार्ने भएपनि हाल आएर पेशा परिर्वतन गर्नु पर्ने बाध्यता परेको छ ।
राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले बादि समुदायको जिबिकोपार्जनका लागि बिशेष कार्यक्रम सञ्चालन गर्दै आएको बताए । थारुका अनुसार बादी समुदायको चेतना बिकास र आर्थिक बिकासका लागी ठोस कार्यक्रम बनाईएको जानकारी दिए ।

Nabintech