२८ चैत्र २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
यातायात व्यवस्था विभाग र संयुक्त कार्यदलको बैठक सम्पन्न


कोहलपुर / यातायात व्यवस्था विभाग र संयुक्त कार्यदलको बैठक सम्पन्न भएको छ । बैठकमा सार्वजनिक यातायात संचालन, कोभिड १९ अवधीको सम्पुर्ण कर छुट, होल्डिङ सेन्टरको नाममा भएको अनियमितता छानबिन र निजि सवारी साधनले निर्वाध रुपमा भाडाका यात्रु ओसारपसार गरिरहेको लगाएतका विषयमा छलफल भएको अखिल नेपाल यातायात मजदुर संघका केन्द्रिय अध्यक्ष रामचन्द्र कार्कीले नयाँ कोर्सलाई बताए ।
बैठकले यदि सरकारले आश्विन १ गते देखि पनि यातायात संचालन गर्ने निर्णय नगरे आन्दोलनको रुपमा सम्पुर्ण सार्वजनिक यातायात संचालन गर्न पत्रकार सम्मेलन मार्फत आव्हान गर्ने निर्णय भएको अध्यक्ष कार्कीले बताए
उनले सम्पुर्ण यातायात श्रमिक र व्यवसायीहरूलाई जस्तोसुकै परिस्थितिको सामना गर्न तम्तयार अवस्थामा रहन हार्दिक अपिल समेत गरेकनछन् ।

Nabintech