५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
शर्मा अदालतको गेटबाट पुनः पक्राउ


विप्लव नेतृत्वको नेकपाका सल्यान जिल्ला इन्चार्ज डिल्लीराज शर्मा (विश्व)लाई जिल्ला प्रहरी कार्यालय दाङले अदालतको गेटबाटै पुनः पक्राउ गरेको छ ।
राज्यबिरुद्धको संगठित अपराध गरेको अभियोगमा २०७६ असोज ३० मा दाङको राजपुरबाट गिरफतार परेका शर्मालाई जिल्ला अदालत दाङले १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पुस १५ मा अदालतले धरौटीमा रिहा गर्ने आदेश दिए पनि प्रहरीले पुनः प्रक्राउ गर्ने आशंकामा शर्माले धरौटी नतिरेपछि तुलसीपुर गारागार चलान भएका थिए ।
तुलसीपुर कारागार चलान भएका शर्मालाई पुस २८ गते सल्यान पुर्याई जिल्ला प्रहरी कार्यालय सल्यानले सार्वजनिक कसुर सम्वन्धि मुद्धा दर्ता गरेको थियो । सल्यान जिल्ला अदालतले फागुन २८ गते ३० हजार धरौटीमा रिहा गर्न आदेश गरेको थियो । अदालतको आदेशको अलंघन गदै प्रहरीले गैरकानुनि ढंगले ४ दिन कारागारमै राखेको शर्माको भनाई छ ।
प्रहरीले चैत ३ गते तुलसीपुर कारागार पुर्याएर ४ गते दाङ देउखुरी अदालतमा लगेको थियो । अदालतले तोकेको १५ हजार धरौटी शर्मा परिवारले जम्मा गरी अदालत गेटबाट निस्कदै गर्दा प्रहरीले पुनः पक्राउ गरेको छ ।

Nabintech