१२ आश्विन २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
जबर्जस्ति करणी, अपहरण र २ करोड ठगिको मुद्धा लागेका गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण


२४ भाद्र कोहलपुर / अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा पक्राउ परेका रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनी दर्पण घिसिङलाई बन्धक बनाएको आरोपमा पक्राउ परेका हुन् । अध्यक्ष खड्कामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।जिल्ला अदालतले खड्कालाई १५ दिन प्रहरी हिरासतमा रहेको आइसोलेसनमा राख्न आदेश दिएको छ । प्रहरीले २५ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो । प्रहरीले अनुसन्धान सकेर मंगलबार अदालतमा पेश गरेको थियो । खड्का तत्कालीन नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।

अध्यक्ष गोबिन्द वहादुर खड्का विरुद्ध जबरजस्ती करणी गरेको अभियोगमा जाहेरी दर्ता भएको छ । गाउंपालिकामा कार्यरत स्वास्थ्यकर्मी युवतिले अध्यक्ष खड्काले आफु विरुद्ध करणी गरेको अभियोगमा जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक वशन्त पाठकले जानकारी दिएका छन् । खड्काका विरुद्ध धोविका शेरवहादुर खड्काले २१ रोपनी जग्गा पालिकाको नाममा भनि आफ्नी सालि नाता पर्नेको नाममा झुक्याएर पास गराएको तर जग्गाको मूल्य २ करोड रुपैया नदिएको भन्दै ठगि मुद्धा दायर गरेका छन् । उक्त मुद्धामा समेत अनुसन्धान थालिएको छ ।

खड्का विरुद्ध परेका तिनै मुद्धाको एकै साथ अनुसन्धान गरी सरकारी वकिल कार्यालय मार्फत अदातलमा पेश गरीने तयारी भईरहेको प्रहरी नायव उपरिक्षक पाठकले बताएका छन् ।

Nabintech