२५ फाल्गुन २०७७, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बैतडीकी १७ वर्षीया किशोरी बलात्कार प्रकरण : ५ जना पक्राउ


२४ भाद्र ,कोहलपुर/ बैतडीको सिगास गाउपालिकाकी किशोरी बलात्कारको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालयले हिजो मात्र ३ जनालाई पक्राउ गरेको थियाे भने आज थप २ जनालाई पक्राउ गरेको हो ।

किशोरीलाई पटक पटक बलात्कार गरेको आरोप लागेका शिक्षक खडक बोहरा, सिगास गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहरालाई प्रहरीले हिजाे नियन्त्रणमा लिएको थियाे भने आज धन बहादुर बोहरा र दान बहादुर बोहरालाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएका छन् ।

किशोरीका आफन्तले दिएको किटानी जाहेरीको आधारमा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरिक्षक नारायण प्रशाद अधिकारीले जानकारी दिएका छन् ।

आजै अदालतमा पेस गरी म्याद थप गरेर अनुसन्धान गरिने अधिकारीले बताए ।

Nabintech