काठमाण्डु / नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्षद्वय केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटावार्ता भएको छ । दुवै अध्यक्षबीच स्थायी कमिटी बैठकका एजेण्डाबारे छलफल भएको हो ।
अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले २६ गते बस्ने स्थायी कमिटी बैठकका एजेण्डाबारे छलफल भएको जानकारी दिए ।
दुवै अध्यक्षबीच नेकपा कार्यदलले तयार पारेको प्रतिवेदनका विषयसमेत छलफल भएको बताइएको छ । गत साउन १३ गतेदेखि स्थगित नेकपा स्थायी कमिटी बैठक भदौ २६ गतेका लागि बोलाइएको छ ।