३१ जेष्ठ २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
युनाईटेड एग्रो ईन्जिनियरीङ्गले अन्तराष्ट्रिय स्त्तरको गुणस्तर चिन्ह पायो


कोहलपुर / सञ्चालको छोटो समयमै युनाईटेड एग्रो ईन्जिनियरीङ्ग उद्योगले आइएसओ गुणस्तर चिन्ह प्राप्त गरेको छ । उद्योग शुरु भएको छोटो समयमा नै अन्तराष्ट्रिय स्तरको गुयाणस्तर चिन्न पाउन सफल भएको हो ।
कोहलपुर ९ मा रहको सो उद्योगले अस्पतालहरुमा चाहिने फर्निचर,नर्मल बेड, डेलीभरी बेड देखि आईसियूमा प्रयोग गर्न मिल्ने बेडहरु लगाएत अन्य वाटर ट्रिटमेन्ट, वानेरी समान र पानी ट्याङकी लगाएका सामाग्रीहरु उत्पादन गरिरहेको छ ।

उद्योगका संचालक सतिश केसीले करिब ३ करोड लागतमा निर्माण भएको उद्योगले छोटो समयमा नै ठुलो सफलता हात पारेको बताएका छन् ।
संचालक केसीले भने आफुहरुको सिप र क्षमताको सम्मान भएको र आगामी दिनमा उद्योगलाई अझै प्रभाबकारी बनाउदै लैजाने समेत बताए । उद्योगमा अझै केहि मेसिनहरु आउन बाँकी रहेको हुदा लकडाउन पश्चात यस उद्योगलाई नेपालको एक नम्बरको उद्योग बनाउने संचालक केसीले जनाए ।

Nabintech