१ बैशाख २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
रोहिणी खोला कटान तटबन्ध निर्माण उपभोक्ता समिति गठन


कोहलपुर/कोहलपुर नगरपालिका १२ चपरगौडी जानकीनगर टोलमा रोहिणी खोलाको कटानका कारणले ५० घरधुरी लगायत खेतीयोग्य जमिन समेत पुर्ण रुपमा जोखिममा रहेको छ । अघिल्लो बर्षहरुमा बाढी आउँदा कुनै क्षति नपुर्याएको तर, यस बर्षको लगातार बर्षाले जानकी टोल उच्च जोखिममा परेको छ । उक्त कटान गरेको ठाउँमा तट्बन्धन गर्नको लागि मङ्गलबार बालु सिंह ठकुरीको अध्यक्षतामा नौ सदस्यीय उपभोक्ता समिती गठन गरिएको छ । समितिको सचिवमा निवाश पाण्डे, कोषाध्यक्षमा टीका बुढाथोकी, र सदस्यमा विरबहादुर रोका, केशर बहादुर थापा, मनबिर खत्री ,देविप्रसाद जोशी, , सुशीला वलि र बेगमा खत्री रहेका छन् भने सल्लाहकारमा देवसिंह घर्ती, भुपेन्द्र सुबेदी र यज्ञ बहादुर शाही रहेका छन् ।
तट्बन्धनको लागि कोहलपुर नगरपालिकाले चालू आर्थिक बर्ष २०७७/९७८ को लागि १० लाख रकम विनियोजन गरेकोले उक्त रकमले मात्र तटबन्धन कार्य पूरा नहुने हुदा उपभोक्ता समिती मार्फत उक्त निर्माण कार्यलाई पुर्णता दिन समिती गठन गरिएको कोहलपुर नगरपालिका वडा नम्बर १२ कि वडा सदस्य तथा कार्यपालिका सदस्य नारायणी वलिले जानकारी दिइन । उनले समिती गठन गरि भु तथा जलाधार व्यवस्था कार्यलय , मार्फत सहयोग रकम जुटाउन लागि पर्ने बताई ।टोल कटानको उच्च जोखिममा रहेकोले प्रमुख प्राथमिकता टोल बचाउनु परेकोले तटबन्धनको लागि सहयोगी मनहरुले सहयोगका हात हरु अघि बढाउन अनुरोध समेत गरेकी छिन् । गठन कार्यक्रममा वडा अध्यक्ष नैनबहादुर शाही , वडा सचीव श्याम बहादुर राना लगायत स्थानियको बाक्लो उपस्थिति रहेको थियो।

Nabintech