३१ जेष्ठ २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
गम्भीर घाईते चन्दलाई काठमाण्डौ लगियो


मंगलबार बिहान सडक दुर्घटनामा परी गम्भीर घाईते भएका नेकपा बाँकेका नेता चक्र मिलन चन्दलाई थप उपचारका लागि काठमाण्डौं पठाईएको छ । कोहलपुरको न्युरोड चोक नजिकै युवा नेता चन्द सवार भे ९ प १९१० नम्बरको स्कुटरलाई पानी वोक्ने पिकअप गाडीले ठक्कर दिएको थियो ।

घटना लगत्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा पुर्याईएका चन्दको टाउकोमा रगत जमेकाले थप उपचारकालागि काठमाण्डौं रिफर गरीएको हो । बाँके क्षेत्र नं १ का संघिय साँसद महेश्वर गहतराज अथक, नेकपा ५ नं प्रदेशका सदस्यहरु नरेन्द्र पाण्डे ‘जेम्स’, नरेन्द्र न्यौपाने लगायतको पहलमा प्लेन चार्टर गरेर चन्दलाई काठमाण्डौं पठाईएको छ । काठमाण्डौंको नर्भिक हस्पिटलमा चन्दको उपचार हुने भएको छ ।

लामो समय बाँकेको विद्यार्थी आन्दोलनको नेतृत्व गरेका चन्द साविकको अखिल क्रान्तिकारी का केन्द्रिय सचिवालय सदस्य समेत हुन ।

Nabintech