६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
जिल्ला समन्वय समिति बाँकेमा प्याकुरेल

नेपालगञ्ज उपमहानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलको विदाई गर्यो



नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलको जिल्ला समन्वय समिति बाँकेमा सरुवा भएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिरहेका प्याकुरेलको जिल्ला समन्वय समिति बाँकेमा सरुवा भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलको विदाई गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाबाट सरुवा भई जिल्ला समन्वय समिति बाँकेमा अधिकारीको रुपमा जान लागेका प्याकुरेललाई मंगलवार आयोजित छैठौं नगरसभामा नेपालगञ्ज उपमहानगरपालिकाले औपचारिक विदाई गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा धवलशम्शेर राणा, उपमेयर उमा थापा मगर लगायतका जनप्रतिनिधी र कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत प्याकुरेललाई विदाई गरे । प्याकुरेलको विदाईमा मेयर राणाले नेपालगञ्जमा रहँदा कार्यालय प्रमुख प्याकुरेलबाट आवश्यक सहयोग प्राप्त भएको बताए । राणाले ठुला आयोजनादेखि हरेक आयोजना द्रुतगतिमा अघि बढाउन सहयोग प्राप्त भएको जिकिर गरे ।
प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले विकास निर्माणको काममा नेपालगञ्जमा उत्कृष्ट काम भएको बताए । पारदर्शिता र सुशासनमा नेपालगञ्ज अन्य स्थानीय तह भन्दा अगाडी रहेको स्मरण गर्दे प्याकुरेलले नेपालगञ्जमा जनप्रतिनिधी र कर्मचारीबीच सहजपूर्ण वातावरण रहेको बताए ।

Nabintech