३० आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
प्रदेश पाँचका २५९ प्रहरी कारवाहीमा


तुलसीपुर \ गत आर्थिक वर्ष २०७६र७७ मा प्रदेश नम्बर ५ बाट २ सय ५९ प्रहरी कारवाहीमा परेका छन् । प्रहरीको आचरण, नीति र नियम विपरीत काम गर्नेलाई कारवाही गरिएको हो ।

प्रदेश नम्बर ५ प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारका अनुसार नसिहतमा १ सय २७, चालचलनसम्बधी प्रतिकूल रायमा पाँच, ग्रेड घटुवामा १४, ग्रेड रोक्कामा पाँच, शुरुस्केल घटुवामा दुई, पदोन्नति रोक्कामा १३, नोकरीबाट हटाइएकामा ३२, बर्खास्त गरिएकामा एक, निलम्बनमा सात , स्वतः निलम्बनमा नौ र सचेत गराइएकामा ४४ जना छन् ।

अघिल्लो आर्थिक वर्ष २०७५र७६ मा प्रदेश नम्बर ५ बाट १ सय ७६ प्रहरीलाई कारवाही गरिएको थियो ।

हजार पुरस्कृत
गत आवमा प्रदेश नम्बर ५ बाट एक हजार प्रहरीलाई पुरस्कृत गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक बैदवारका अनुसार पुरस्कृत हुनेमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका १ सय २७, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका १ सय ५, नवलपरासीका ४७, गुल्मीका ३७, पाल्पाका ३९, अर्घाखाँचीका ७३, दाङका ८५, बाँकेका १ सय ३२, बर्दियाका ८१, रोल्पाका ६७, प्युठानका १७ र रुकुम९पूर्व०का ५७ जना छन् ।

त्यस्तै ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङका ५०, ५ नम्बर प्रदेश तालीम केन्द्र बुटवलका आठ, ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका तीन, ५ नम्बर प्रदेश सशस्त्र प्रहरी गण खजुरा बाँकेका ३८ र ५ नम्बर प्रदेश दङ्गा नियन्त्रण प्रहरी गण बुटवलका २४ प्रहरीलाई पनि पुरस्कृत गरिएको छ ।

सिर्जनशील काम गरेको, तोकिएका ठाउँमा जिम्मेवारी पूरा गरेको, अनुसन्धानमा सफल भएको, लागुऔषध, कर्तव्य ज्यान, सवारी दुर्घटना, जबर्जस्ती करणी, हत्या, अवैध सामान र अवैध हातहतियारमा संलग्नलाई पक्राउ गर्न सफल प्रहरीलाई सम्मान गरिएको हो । रासस

Nabintech