११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
दुरसञ्चार बिस्तारका लागि बैठक सम्पन्न


कोहलपुर / बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज (अथक)को पहलमा दुरसञ्चार बिस्तारको लागि जिल्ला प्रशासन कार्यलयमा बैठक सम्पन्न भएकोछ । विशेष गरि बाँके क्षेत्र नँ १ मा पर्ने कचनापुर,कुसुम, गुर्दनगौरी,खयर भट्टि क्षेत्रमा मोबाइल फोन र इन्टरनेटको सुबिधा बिस्तारका लागि बैठक बसेको हो

। प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ मार्फत बोलाइएको उक्त बैठकमा वाके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथक,जिल्ला बन कार्यालयका प्रमुख मोहन प्रशाद श्रेष्ठ, दुरसञ्चार कार्यालय नेपालगँजका प्रमुख नरेश कुमार यादव,शसस्त्र प्रहरी प्रमुख सहितको उपस्थितिमा रहेको थियो । दुर सञ्चारका टावरहरु निर्माण गर्नुपर्ने र उक्त टावरहरु निर्माण गर्दा बन क्षेत्रमा पर्ने र बनको एेन कानुन अनुसार बन क्षेत्रमा इआइई प्रतिबेदन नभइ कुनै पनि सँरचना निर्माण गर्न नपाइने भएको हुदा समस्या भएको बन डिभिजन कार्यालय बाकेका प्रमुख मोहन प्रसाद श्रेष्ठले जानकारी गराउनु भयो ।

क्षेत्र नँ १ मा सञ्चारको पहुच नभएका स्थानहरुमा इआइई प्रतिबेदन तयार गरि टावर निर्माण कार्य अगाडी बढाउने समझदारी भएकोछ । सोमबार बसेको उक्त बैठकमा राप्तीसोनारी गाउपालिका वडा नँ ४ मा पर्ने गुर्दनगौरी खयर भट्टी क्षेत्रमा शसस्त्र प्रहरीको पोस्ट स्थापना गर्न तत्काल नापी कार्यालय बन र शसस्त्र प्रहरी सहितको कर्मचारी पठाउने जानकारी प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले बताउनु भयो । सँघिय साँसद अथकका अनुसार इआइइ रिपोर्टका लागि तत्कालपहल गर्ने पनि समझदारी भएको छ ।

Nabintech