४ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मृगौला पिडीत बोहरालाई सहयोग हस्तान्तरण

जिवन ज्योती स्कुलले मृगौला पिडीतलाई २० हजार सहयोग गर्यो



कोहलपुर/दुबै मृगौला खराव भएर उपचाररत नरेन्द्र बोहरा अभियानलाई मृगौला प्रत्यारोपणका लागी सहयोग आउने क्रम जारी छ ।
सोही क्रममा कोहलपुर १० मा रहेको जिवन ज्योति स्कुल लगायत बिभिन्न व्यक्तिहरुले ५० हजार बढि सहयोग रकम हस्तान्तरण गरेका छन ।
कोहलपुरको जिनव ज्योति स्कुलले २० हजार लगायत अन्य बिभिन्न व्यक्तिले गरेको ५२ हजार १ सय ६५ रुपैया सहयोग रकम नेकपा प्रदेश कमिटी सदस्य नरेन्द्र पाण्डे जेम्स , नेकपा कोहलपुर नगर सचिव तुला राज बिष्ट बिहानीले उक्त रकम बिरामी बोहराका बुवालाई हस्तान्तरण गरेका छन । बोहरा जनमुक्ति सेनाका बटालियन सह कमाण्डार हुन ।
नेकपा कोहलपुर नगर सचिव बिहानीको बिशेष सक्रियतामा उक्त रकम संकलन गरि हस्तान्तरण गरिएको हो ।
पुखौली घर कालिकोट भएका उनी हाल बैजनाथ गाउँपालिका बस्दै आएका छन ।
आर्थिक अवस्था कमजोर भएका बोहराका अनुसार बुवाको मृगौला प्रत्यारोपणको तयारी भएपनि आर्थिक अभावले रोकीएको छ । चिकित्सकले छिटो प्रत्यारोपण गर्न सुझाव दिएको भएपनि आर्थिक अभाले समस्या पैदा भएको बताए । उनले आफुसंग भएको सम्पुर्ण रकम हाल सम्मको उपचारमा सकिएको नयाँकार्स लाई बताए । उनका अनुसार मृगौला प्रत्यारोपण गर्न कम्तीमा १३ लाख लाग्ने चिकीत्सकले बताएका छन ।
उनले आफ्नो जिवन रक्षाका लागि सक्दो आर्थिक सहयोग गर्न सबै लाई अपिल समेत गरेका छन ।

Nabintech