२३ बैशाख २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
एक अर्काको राम्रा पक्षहरुको सिकाइ गर्नुपर्छ-साँसद अथक


कोहलपुर/ बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथकले स्थानिय पालिकाहरुले योजनाका बारेमा एक अर्काको राम्रा पक्षहरुको सिकाइ गर्नुपर्ने बताउनु भएकोछ । उहाले जिल्ला भित्रका गाऊपालिका वा नगरपालिकाले ल्याएका राम्रा योजनाहरु एकअर्काले अनुसरण गरे मात्र जिल्लाको समृद्धि हुने बताउनु भयो ।

आइतबार जिल्ला समन्वय समिति बाँकेले आयोजना गरेको स्थानिय तहको समीक्षा कार्यक्रममा उहाँले उक्त कुरा बताउनु भएको हो । साँसद अथकले आफ्नो प्रस्तुती राखेर बाहिरिने जस्ता कार्यले एकअर्कामा सिकाइ नहुने भन्दै दुख ब्यक्त गर्नु भयो । बाँकेका आठ वटै पालिकाले आ आफ्नो पालिकाले गरेका कामको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । सुरुमा सबै पालिकाका प्रमुख उप प्रमुख सहित कार्यकारी अधिकृतहरुको सहभागिता भएपनि कार्यक्रमको अन्त्यतिर कार्यक्रम हल खाली जस्तै भएको थियो । समीक्षा कार्यक्रममा सँघिय साँसद मो इस्तियाक राई प्रदेस साँसद आइ पि खरेल कृष्णा के सी नमुना याकुब अन्सारी सहित सबै स्थानिय तहका प्रमुखहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा स्थानिय पालिकाहरुले आ आफ्ना पालिकाको योजना बजेटको अवस्था योजना कार्यान्वयनको अवस्था र चुनौतीका लगायतका सवालमा आ आफ्नो प्रस्तुती राखेका थिए ।

Nabintech