१० श्रावण २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
होटेलको कोठाबाटै युवतीको मोवाईल र सुनको सिक्री गायब


कोहलपुर (बाँके) / गत बुधवार दिउसो एक युवा र युवती कोहलपुर बसपार्क क्षेत्रमा रहेको सिद्धार्थ गेष्ट हाउसमा पुगे । गेष्ट हाउसमा पुगेका उनिहरुले केही समयका लागी कोठा लिएर कोठामा बसे । कोठामा बसेको सो जोडीले १ बोतल ८८४८ नामक मदिरा सेवन गरेको होटल सञ्चालकको भनाई छ ।

दिउँसो कोठमा पसेका युवाल साँझको समयमा काउन्टरमा होटलको बिल बुझाउन थप पैसा लिन बैक जाने भन्दै होटलबाट बाहिरिए । बैकमा गएर एटिएम मार्फत पैसा लिएर आउने भन्दै गएका युवा होटलमा फर्केनन् ।
युवा त्यहा बाट बाहीरीएको केही समय पछि युवती कोठा बाट बाहिरिइन र आफ्नो मोवाईल सिक्रि लगायतका महत्वपुर्ण समान चोरी भएको होटल सञ्चालक लाई बताईन । आफु संगै आएका युवाले आफ्ना महत्पुर्ण समान लिएर गएको भन्दै उनले ईलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक रण बहादुर बिष्टले बताए । उनले युवतिको उजुरीका आधारमा होटलमा पुगेर सोधी खोजि गर्दा होटलमा इट्रि नगरेरै उनिहरुलाई कोठमा बस्न दिएकाले युवकको खेजिमा समस्या भएको बताए । कोठा लिएर बस्ने जो कोहीको पुर्ण बिवरण लिनु पर्नेमा त्यसो नभएकाले युवकको पहिचान गर्न समस्या भएको निरीक्षक बिष्टको भनाई छ ।
ईलाका प्रहरी कार्यालय श्रोतका अनुसार बाँकेको राझाँमा रहेको एक होटल संञ्चालकले ति युवा र युवतिको भेट गराईदिएका थिए । राँझाबाट कोहलपुर आई पुगेका उनिहरु सिद्धार्थ होटमा बसेको र त्यसपछि आफुलाई नशालु पदार्थ खुवाएर लुटिएको युवतिको जाहेरीमा उल्लेख छ ।
पछिल्लो समय कोहलपुरमा यौन जन्य घटनाहरु बढदै गएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । होटल सञ्चालकहरुले होटलमा आउनेहरुको डाटा नराख्दा त्यस्ता घटना अनुसन्धानमा समस्या आउने गरेको प्रहरीको भनाई छ ।

Nabintech