२८ चैत्र २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेमा कोरोना संक्रमितका घर होम आइसोलेसन बनाउन अनुपयुक्त


कोहलपुर (बाँके) / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले​ कोरोना संक्रमितको संख्या बढेसँगै उनीहरुलाई होम आइसोलेसनमै राख्न भनेपनि बाँकेमा यस्तो गर्न असम्भवजस्तै देखिएको छ। कोरोना हटस्पट बनेको यहाँका अधिकांश संक्रमितलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ। संक्रमितले घरमै आइसोलेसनमा बस्न मापदण्ड पुर्‍याउन नसक्ने हुनाले अस्पतालहरूमै राखिएको बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिएका छन्। यो समाचार तयार पार्दासम्म बाँकेमा १८६ जना सक्रिय कोरोना संक्रमित छन्।

सम्भव देखिएन लक्षण भएका संक्रमितलाई अस्पतालका आइसोलेसनमा राखिएको श्रेष्ठले बताए। उनका अनुसार संक्रमितहरुलाई भेरी अस्पताल, क्यान्सर अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा राखिएको छ। ‘अधिकांश संक्रमितले घरमै मापदण्ड पुर्‍याएर बस्न सक्दैनन्,’ फोकल पर्सन श्रेष्ठ भन्छन, ‘बेग्लाबेग्लै शौचालय र पकाउने खाने ठाउँको व्यवस्था गर्न पनि मुस्किल छ, संक्रमितलाई सम्झाइ बुझाइ गरेर चिकित्सकको निगरानीमै राखिएको छ।’ स्थानीय संक्रमितहरु एउटै घरमा बसी भान्सादेखि शौचालय एउटै प्रयोग गर्ने भएकोले पनि होम आइसोलेसनमा नराखेको उनको दाबी छ। होम आइसोलेसनमा राख्दा परिवार र समाजमा बढी जोखिम हुने भएकोले पनि अस्पताल र स्थानीय तहले बनाएको आइसोलेसनमा राखिएको श्रेष्ठले बताए। संक्रमितलाई राख्नको लागि जिल्लामा ६ सय भन्दा बढी आइसोलेसन बेड निर्माण गरिएको छ। केही दिनदेखि जिल्लामा संक्रमण घट्दै गएकोले अहिले भएको आइसोलेसन शय्या पर्याप्त भएको श्रेष्ठ बताउँछन्। होटललाई होम आइसोलेसन बनाइयो केन्द्र सरकारले लक्षण नभएका संक्रमितलाई स्थानीय तहको निगरानीमा होम आइसोलेसनमा रहन निर्देशन जारी गरेपनि स्थानीय संक्रमितको सामाजिक संरचनाको कारणले होम आइसोलेसनमा राख्न नसकेको नेपालगञ्ज उपमहानगरपालिकाकी उप प्रमुख उमा थापा मगरले बताइन्। नगरभित्र रहेका स्थानीय बासिन्दाहरूले एउटै घरमा बस्नुपर्ने समस्याले पनि होम आइसोलेसनमा राख्न नसकिएको र संक्रमितका घरहरू होम आइसोलेसनको मापदण्डअनुसार भएको उनले जानकारी दिइन्।​’होम आइसोलेसनमा १४ दिन अनिवार्य बस्नुपर्ने हुन्छ, होटलमा बसिरहेका संक्रमितहरु बाहिर हिँडडुल गरेर पुनः बस्न आएको सुनेकी छु,’ उपप्रमुख थापाले भनिन, ‘घरमा १४ दिन नबस्न पनि सक्छन्, समाजमा यताउता हिँडडुल गर्छन्, समुदायमा संक्रमण फैलने बढी त्रास हुन्छ, दैनिक स्वास्थ्यकर्मीको निगरानीमा संक्रमितलाई राखेर उनीहरुको ज्वरो तथा लक्षणको रेकर्ड गरिन्छ।’ सिसिएमसी, जिल्ला जनस्वास्थ्य र स्थानीय तह मिलेर तीनवटा आइसोलेसन सेन्टर बनाएको थापाले जानकारी दिइन्। ‘लक्षण नभएका संक्रमितहरु पैसा तिरेर होटलमा पनि बसिरहेका छन्‌,’ उनले भनिन, ‘पैसा तिर्न नसक्नेहरु स्थानीय तहले निर्माण गरेको आइसोलेसनमा बस्छन्।’ जिल्ला र नगरले बनाएका आइसोलेसन खाली हुँदै गएको उनले जानकारी दिइन्‌। लक्षण नभएका संक्रमितहरु पनि निको हुँदै गइरहेको पनि उनले जानकारी दिइन्। नगरपालिकाको क्षमताले भ्याएसम्म र संक्रमितको अवस्था गम्भीर नभएसम्म आइसोलेसनमा राखिने उनको भनाई छ। परीक्षणको दायरा कम सामाजिक संरचना, चालचलन तथा रीतिरिवाज र होम आइसोलेसनमा रहदा बढी मानिसहरुको घुलमिल हुने भएकोले स्थानीय प्रशासनले घरमा नराख्ने निर्णय गरेको हुनसक्ने भेरी अस्पतालका मेसु डा। प्रकाश थापा बताउँछन्।

जिल्लाको सामाजिक र पारिवारिक संरचनाको कारणले पनि होम आइसोलेसनमा जोखिम बढ्ने उनको भनाई छ।​डा।थापाले भने, ‘होम आइसोलेसनमा मापदण्ड पुरा गरेका हुँदैनन्, मानिस बढी ओहोरदोहोर गर्छन्, त्यसैले होम आइसोलेसनमा नराखिएको हुनसक्छ।’ जिल्लाका अस्पतालमा ३५ जना लक्षण भएका संक्रमितले उपचार गराइरहेको उनले जानकारी दिए। जिल्लामा हिजो(आज परीक्षणको दायरा कम भएर पनि संक्रमित संख्या कम हुँदै गएको उनी बताउँछन्‌। भदौ १ देखि ८ गतेसम्म जिल्लामा १३१ जना संक्रमित थपिएका छन्‌। म‌ंगलबार बेलुकासम्मको तथ्यांकअनुसार बाँकेमा अहिलेसम्म ८३५ जना संक्रमित फेला परेका छन्‌। कुल संक्रमितमध्ये ६५४ जना कोरोना संक्रमणमुक्त भएका छन्। सरकारले संक्रमितको संख्या बढेसँगै लक्षण भएका संक्रमितलाई अस्पतालमा भर्ना गराउन निर्देशन जारी गरिसकेको छ। लक्षणविहीनलाई स्थानीय तह र स्वास्थ्यकर्मीको निगरानीमा होम आइसोलेसनमा रहनुपर्ने सरकारले बारम्बार बताउँदै आएको छ।

Nabintech