११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
तीन दर्जन युवाहरु नेकपामा प्रबेश


केहलपुर / राप्तीसोनारी गाउँपालिका वडा नं ३ मा विभिन्न पार्टी परित्याग गरि ३ दजर्न युवाहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रबेश गरेका छन । शुक्रवार एक औपचारीक कार्यक्रमकाबीच नेकपा केन्द्रीय सदस्य एंव संघिय सांसद महेश्वर गहतराज (अथक) लगाएतका नेकापाका नेताहरुले उनिहरुलाई पार्टी प्रबेश गराएका थिए ।
पार्टी प्रबेश गर्नेहरुमा राम प्रसाद थारु,दिराम थारु लगायत ३६ जना रहेको नेकपा राप्ती सोनारी वडा नं ३ का सचिव अंकित श्रेष्ठले जानकारी दिए ।
प्रबेश कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य एंव संघिय सांसद अथकले राप्तीसोनारी क्षेत्रका जनताको नेकपा प्रतिको आर्कषणबाट त्यस क्षेत्रको बिकटता अन्त्य गर्न सम्भव हुने बताए । केन्द्र र प्रदेश सरकार नेकपाको भएपनि स्थानिय सरकार नेकपाको नहुदा केही समस्या पैदा भएको बताए । उनले राप्ती सोनारी क्षेत्रको बिद्युतको समस्या , सडक सञ्जालको समस्या र डुवानको समस्या समाधान गर्न आफु र आफ्नो दल नेकपा लागि परेको धारणा राखे ।
कार्यक्रममा नेकापा बाँकेका जिल्ला अध्यक्ष आईपी खरेल , नेकपा बाँके क्षेत्र नं १ का ईन्चार्ज प्रकास सुबेदी चन्द्रकान्त , प्रदेश कमिटी सदस्यहरु पुजन बिश्वकर्मा , नबिन शर्मा , नेकपा क्षेत्र नं १ का अध्यक्ष सुर्य ढकाल , सचिव अवराज खड्का , नेकपा राप्ती सोनारीका अध्यक्ष चिम बहादुर घर्ति , नेकपा नेता तुलशी थारु , नेकपा राप्ती सोनारीका सचिव मनोज केसी लगायतको सहभागिता रहेको थियो ।
यस अघि पनि नेपाली काग्रेसबाट सोही वडाका ४० जना नेकपा प्रबेश गरेका थिए ।
नव प्रबेशी राम प्रसाद थारुले आफुहरुले पुस्तौ देखि नेपाली काग्रेसलाई बिस्वास गरेपनि राप्ती सोनारी क्षेत्रमा एउटा पनि काम गर्न नसकेको भन्दै जनताको साथि नेकपा भएको भन्दै सो पार्टीमा प्रबेश गरेको बताए ।

Nabintech